बेलौरी नगरपालिका ४ नम्बर वडा साक्षर घोषणा

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका ४ नम्बर वडा साक्षर घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमका विच बेलौरी नगरपालिका ४ नम्बर वडा साक्षर घोषणा गरिएको हो । नवयुग सामुदायिक सिकाई केन्द्रले उक्त वडामा निरक्षर साक्षरता बनाउने कक्षा संचालन गरेको थियो ।

उक्त वडामा ९७.३३प्रतिशत नागरिक साक्षरभएका छन । कार्यक्रममा बेलौरी नगर उपप्रमुख जोगराम चौधरी, वडाध्यक्ष अर्जुन ढकाल, नवयुग सामुदायिक सिकाई केन्द्रका अध्यक्ष पल्लवराज भट्ट सहितका जनप्रतिनिधी एव सरोकारवाला सहभागि भएका थिए । नगरपालिकालाई साक्षर घोषणा अवागै बाँकीलाई पनि साक्षर बनाईनेछ ।

ताजा समाचार

spot_img