दोधारा । दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले एक वर्षमा आफ्नो प्राथमिकतामा रहेका ७ काम सार्वजनिक गरेका छन् । आफ्नो सामाजिक संजाल फेसबुकमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले एक वर्ष भित्र आफुले देखेको ठुला काम सार्वजनिक गरेका छन् । उनले दोधारा चाँदनी नगरपालिका जोगाउन तटबन्ध कार्य, छाडा चौपाया ब्यवस्थापन, खुला सिमा आवतजावत तथा सिमा बिबाद ब्यवस्थापन, स्वास्थ्य सेवा बिस्तार तथा चिकित्सक स्वास्थ्यकर्मी थप, बिद्युत सेवामा सुधार र नगरको गौरवको आयोजनाको सुरुवात गर्नु पर्ने बताएका छन् । मेयर लिम्बुले नगर क्षेत्रमा धेरै काम गर्नु भएपनि उल्लेखित ७ ठुला तथा आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । ‘धेरै काम गर्नु गराउनु छ । तर पनि हाम्रो नगरपालीकामा एक वर्ष भित्रमा गर्नु पर्ने ठूला कामहरु मैले देखेको लक्की ७ भित्र पर्ने कार्यहरु तथा सुधार गर्नु पर्ने क्षेत्र यस प्रकार रहेका छन् । जुन कार्यको शुरुवात चाडै गर्ने गराउने मेरो पहिलो प्राथमिकतामा पर्नेछ् । (१) नगरपालीका जोगाउन तटबंधको कार्य (२) छाडा चौपाया व्यवस्थापन (३) खुल्ला सिमा आवत जावत तथा सिमा बिवाद व्यवस्थापन (४) स्वास्थ्य सेवा विस्तार तथा चिकित्सक स्वास्थ्य कर्मी थप (५) शैक्षिक क्षेत्रमा सुधार तथा शिक्षामा गुणस्तरीयता (६) विधुत सेवामा सुधार तथा विस्तार (७) नगर गौरवका आयोजनाको शुरुवात ।








