बिरेन्द्र बाग/ कंचनपुर : शुक्रबार सत्ता साझेदार नेपाली काङ्ग्रेसमा डा• शेखर कोइरालाले नेतृत्व गरेको समूहले पाँच दलिय गठबन्धन सरकारको पालामा केपि ओलि सरकारको पालामा भन्दा बढी भ्रष्टाचार र महङ्गी बढेको निष्कर्ष निकालेको छ । अनुपम फुडल्यान्डमा दुई दिनसम्म बसेको उक्त समूहले बैठकपछि बोल्दै नेता गोबिन्दराज पोखरेलले गठबन्धनले सुशासन भन्दा नितिगत भ्रष्टाचारलाई बढावा दिएको निष्कर्ष निकालेको बताए उनले गठबन्धन सरकारले परराष्ट्र नीति पनि राम्ररी अघि बढाउन नसकेको निष्कर्ष बैंककले निकालेको बताए ।एउटा भरपर्दो परराष्ट्र नीति पनि यो गठबन्धन सरकारले बनाउन उनले भने सभापति जि नेपाली काङ्ग्रेसको भन्दा गठबन्धनको सभापति भए । ४०प्रतिशत महाधिवेशन प्रतिनिधिलाई सभापतिले भने देखाउन सकेनन् ।

अहिले देशको अर्थतन्त्र ओरालो लाग्यो सरकारले मल दिएन सरकार असफल भयो।हामी हामी समानान्तर गतिविधि गर्दैनौं ।हाम्रो उदेश्य काङ्ग्रेसलाइ बलियो बनाउने हो भने सरकारले गरेका नराम्रा कामको पनि विरोध गर्छौ।हामी समानान्तर गतिविधि गर्दैनौ हामी सभापति र सरकार दुबैलाइ दवाब दिएर जान्छौ ।भागबन्डा दिएनन् भनेका छैनौ आफुहरुको पक्षमा अधिवेशनमा उभिएका ४० प्रतिशतलाई अपमान गरिएको पनि बताए हामीले ती महाधिवेशन प्रतिनिधि लाई टप्प टिपेर ल्याएको होइन ! सभापतिले तिनिहरुको अपमान गर्नुभयो काङ्ग्रेसका तल्लो तहका मानिसलाई पनि सम्मान गर्नु पर्यो । त्यो उहाँबाट भएन सभापति जी बाट कसैको पनि अपमान गरिनु भएन उक्त समुहबाट गोविन्द पोखरेलले बताए ।







