दोधारा । दोधारा चाँदनी नगरपालिकाको जगबुडा पारीको भारत संग जोडिएको नेपाली बस्ती हो, कुतियाकवर । जोगबुडा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई बर्सेनि बाढीले सताउाछ् । बर्खा लागे संगै दोधारा चाँदनी नगरपालिका–१०, कुतियाकवरका बासिन्दा त्रसित बन्दै आएका छन् । मनसुन सुरु भएर वर्षा हुन थालेपछि कुतियाकवरका स्थानिय रातीको समयमा सुत्न समेत सकेका छैनन् । गएको बाढीको कारण उनिहरुलाई थप त्रसित बनाएको छ् । वर्षायाम लागेएता आफूहरु डर डरैमा बाँच्नु परेको स्थानीय बसन्ती सुनार बताउछन् । ‘मंगलबार राती देखि पानी परेपछि सुत्न पाएका छैनौं, बेला बेला पानी बढ्यो कि भनेर हेर्दैमा रात बित्छ’, उनले भने, ‘कति बेला नदी बढेर गाउा पस्छ भन्ने डरमा रात काट्नुपरेको छ् ।’ यस पटक महाकाली नदीको बाटो कुतियाकवर बस्ती तर्फ तेस्रीएको कारण समेत बिगतका वर्ष भन्दा यस वर्ष बढी आफुहरुलाई असुरक्षित महशुस गर्दै आएका छन् । सुनारको घरमा दुई स–साना छोराछोरी र वृद्ध आमा छन् । यहाँका स्थानियले लत्ताकपडा पोको पारेर अन्यत्र सर्न तयारी थालेका छन् । ‘यस्तै पानी रहिरहृयो भने बस्न सकिदैन, ज्यान जोगाउन मुस्किल पर्छ’, उनले भनिन्, ‘त्यसैले लत्ता कपडा तयारी अवस्थामा राखेका छौं।’ यहाँ ४ सय भन्दा बढी व्यक्तिको बसोबास छ् । जो सीमामा देश रक्षक बनेर बसेका छन् । हतियार, बर्दी बिना मातृभूमिको रक्षा गरिरहेका छन् । तर सीमाका पहरेदार कुतियाकवरवासीलाई बर्सेनि पर्ने विपत्ति बाढीको समस्या समाधानमा जनप्रतिनिधिहरुले कुनै चाँसो नदेखाएको स्थानीयको गुनासो छ् । ‘महाकाली र जोगबुढा नदीले घेरेको छ, नदीले जमिन कटान गरेर सबै सकिसक्यो’, स्थानीय खड्के बुढाले भने, ‘सीमा रक्षक बनेर बसेका हामीहरुलाई सरकारले कहिल्यै हेरन्, बाढी आए ज्यान जोगाउन मुस्किल पछर््् ।’ वि.सं. २०२८ मा राजा वीरेन्द्रले बसालेको यो बस्ती महाकाली नदी कटानले बगरमा परिणत हुादै गएको छ् । ‘पहिला २ सय बढी घरधुरी थिए । नदीले जमिन बगर बनाएपछि स्थानिय यहाँबाट विस्थापित भएका छन्’, बुढाले भने, ‘अहिले ४० परिवार मात्रै बस्छन् ।’ मंगलबार राती देखिको वर्षाले महाकाली नदीमा पानीको बढेको स्थानीय हरेन्द्र सुनार बताउछन् । ‘महाकाली उचो भईसक्यो, हामी होचो भु–भागमा छौं, कुनै बेला पनि नदी बस्ती पस्न सक्छ’, उनले भने । महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध तथा बस्तीमा बाढी आएको बेला बस्न मिल्ने ‘सेफ हाउस’ (मचान) बनाउनु पर्ने स्थानियको माँग छ् । ‘गत कार्तिकको बाढीले जग्गा जमीन, लत्ताकपडा, पशुचौपाया, खाद्यान्न सबै बगायो, खेती योग्य जमीनमा पुरै बालुवा भरिएर खेती लगाउन नसकिने भएको छ’, स्थानीय ऐन बहादुर सुनारले भने, ‘बर्सेनि बाढीको समस्या झेल्नु पर्छ, तर सरकारले हाम्रो पीडा सुनेको छैन् ।’

(फाईल फोटो)







