महेन्द्रनगर : कञ्चनपुरमा रेडियो महाकालीको सहकार्य र युएनएफपिएको सहयोग तथा सञ्चारिका समुहको समन्वयमा विभेदपूर्ण लिङ्ग छनौट नगर्न र छोराछोरीको महत्व बराबर भन्ने विषयमा छलफल गरिएको छ । वुधवार रेडियो महाकालीका कर्मचारीहरुले भीमदत्त नगरपालिका १८ मा रहेको दिदि बहिनी आमा समुहमा विभेदपूर्ण लिङ्ग छनौट गर्नु हुदैन र छोराछोरी बराबरी र उनिहरुको महत्वको विषयमा छलफल कार्यक्रम गरिएको महाकाली रेडियोका समाचार प्रमुख सुजित सिनालले जानकारी दिएका छन् ।

विषेस गरेर सुदुपश्चिममा अहिले पनि महिला, छोरीहरुलाई अबहेलना गर्ने सामाजिक कार्यमा सहभागी नगराउने, र विभेद कायमै रहेकोले यो विभेदपूर्ण लिङ्ग छनौट गर्नु हुदैन छलफल कार्यक्रमले हामी महिलामा सकारात्मक जानकारी प्रदान गरेकोमा आफुहरुले केही जानकारी पाएको समुहका अध्यक्ष तथा दलित महिला वडा सदस्य रुपा सिलाधरले बताईन् । आफु पनि महिला भएकै नाताले धेरै ठाँउमा विभेद खेप्नुपर्ने बिभिन्न अधिकार बाट बञ्चित गर्ने जस्ता बिभिेदको सिकार भई रहेको अवस्स्थामा गर्भवती भएका बेलामा बिभेद पुर्ण लिङ्ग छनौट गर्ने परिपाटीले अहिले छोरीको संख्यामा पनि कमी आएको सबैलाई थाहा नै भएकोले अब उपरान्त आफनो समुहका सदस्यहरु कसैले पनि त्यस्तो विभेदपूर्ण लिङ्ग छनौट गर्ने कार्यमा संलग्न नहुने प्रतिबद्धता व्यक्त गर्न चाहेको अध्यक्ष सिलाधरले बताईन् ।

आमा समुहका सदस्य समिक्षा जैरुले अहिले पनि समाजमा कुरुती कुुसंस्कार कायमै रहेकाले छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको छोरी भएकै कारण विभेद गर्ने व्यवहार कायमै रहेको बताईन् । यस्तो छलफल कार्यक्रम पुरुष र वृद्धवुद्धाहरुलाई पनि दिनुपर्ने आवस्यक रहेको उनले बताईन् । साथै विभेदपूर्ण लिङ्ग छनौटका विषयमा आफनो समुहमा जानकारी दिनको लागी छलफल कार्यक्रम संचालन गरेकोमा सञ्चारीका समुहलाई धन्यवाद व्यक्त गरेका छन् । साथै आमा समुहलाई जनचेतना मुलक व्यानर नि वितरण गरिएको छ ।

उक्त व्यानरमा “छोरी जन्मिनु पनि उत्सव र पर्व हो सिङ्गो परिवारको गर्व हो” छोरा छोरी दुबैले संघर्ष गर्छन, वंश धान्छन, मृत्यु संस्कार निभाउछन,आत्म निर्भर हुन्छन, बुढेसकालको सहारा हुन्छन,सुख दुखमा साथ दिन्छन,घरायसी काममा सघाउछन भन्ने जनचेतना मुलक भनाईहरु लेखिएका छन् । गत जेष्ठ २५ गते देखी २७ गते सम्म धुलिखेलमा १० जिल्लाका पत्रकारहरुलाई विभेद पूर्ण लिङ्ग छनौट रोकथाममा पत्रकारहरुको भुमिका विषयक तिनदिने तालिम पश्चात पत्रकारहरुले जनचेतना फैलाउन र सचेत गर्न उक्त व्यानरहरु सञ्चारिका समुहले प्रदान गरेको थियो ।






