बिरेन्द्र बाग/ कंचनपुर : सरकारले मन्त्री परिषदबाट निर्णय गरि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन को मिति साउनको पहिलो साता घोषणा गर्ने भएको छ ।प्रधानमन्त्री ले कार्तिक को अन्तिम र मसीरको पहिलो साता चुनाव गर्ने गरि मिति सिफारिस हुने बताएको छ ।

चुनाव एकै चरणमा गर्ने कि दुई चरणमा गर्ने भन्नेबारे भने छ्लफल चलिरहेको बुझिएको छ। स्थानीय चुनाव एकै चरणमा गरिएको अभ्यासलाई लिएर प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि एकै चरणमा गर्ने र गठबन्धन गर्ने कि एक्ला एक्लै चुनावमा जाने यो विषयमा पनि आफ्नो पार्टी र गठबन्धनमा छलफल भैरहेको बताएका छन।

चुनाव अघि नै मन्त्रीपरिषद हेरफेर गर्ने समेत भएको छ र केहि मन्त्रीहरु फेरीएका बताएका छन प्रधानमन्त्री देउवा धरातलीय यथार्थको रिपोर्टहरु बुझेर चुनावको मिति र चरण तय गर्ने बारे थप परामर्श गर्न थालेका छन ।







