जैविक तटबन्ध निर्माण कार्य सुरु भएपछि अठार नम्वर पिल्लर बस्तीमा खुशीयाली


पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकाको पश्चिम–दक्षिण भएर बग्ने जगबुडा नदीले बर्सेनी ठूलो धनजनको क्षति गर्छ् । दोधारा चाँदनी नगरपालिकाको दक्षिण–पश्चिम तर्फ भएर बग्ने जगबुडा नदीले तटिय क्षेत्रका बस्तीमा धनजनको क्षति गर्नुका साथै खेती योग्य जमिन कटान गर्दै आएको छ् । जगबुडा नदीले वर्षा संग हिउदमा समेत जग्गा कटानी गर्न थालेपछि दोधारा चाँदनीका बिभिन्न वडाहरुका बस्तीका खेती योग्य जग्गा कटानी गर्न थालेपछि स्थानिय किसानहरुमा पिडा थपेको छ् । नदीले जग्गा मात्रै कटानी गर्दैन् । वर्षाको समयमा नदीको पानी बस्तीमा पसेर उपद्रो मच्चाउदै आएको छ् । जगबुडा नदीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० स्थित रहेको नेपाल–भारत सिमा संग जोडिएको बस्ती अठार नम्वर पिल्लर बस्तीलाई प्रभावित बनाउदै आएको छ् । जगबुडा नदीको कारण अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा रहेको छ् । अठार नम्वर पिल्लर बस्तीलाई जोगाउन डिसीए नेपालको आर्थिक सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजना अन्तर्गत जैविक तटबन्धको निमार्ण कार्य सुरु गरिएको छ् ।

अठार नम्वर पिल्लर बस्तीमा तटबन्ध निमार्ण हुन थालेपछि स्थानियहरुले राहत महशुस गर्न थालेका छन् । झन्डै एक दशक अघि जगबुडा नदीमा माया देबी सुनारको २ बिघाह जग्गा बिलय भयो । उनि अहिले करिब आधा बिगाह जग्गामा खेती गर्दै आएका छन् । माया देबी सुनार जस्तै थुप्रै स्थानियहरुको जग्गा जगबुडा नदीले कटानी गरेर मरुभुमी बनाईदिएको छ् । जगबुडा नदी पारी तथा नेपाल–भारत सिमा संग गाँसिएको अठार नम्वर पिल्लर बस्तीमा डिसीए नेपालको आर्थिक सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजना अन्तर्गत जैविक तटबन्ध निमार्णर् हुन थालेपछि आफुहरु खुशी भएको माया देबी सुनारले बताएका छन् । ‘डिसीए नेपालको आर्थिक सहयोग र नेपाल गरेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाले हाम्रो बस्ती जोगाउन जैविक तटबन्ध निमार्ण गर्न थालेपछि बस्तीमा खुशी छाएको छ्’ माया देबी सुनारले भनिन् । जैविक तटबन्ध निमार्ण कार्यको उद्धघाटन गर्न आज दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा जोशी, दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद् श्रोत ब्यक्ती रघुनाथ भट्ट, वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का प्राबिधिक गणेश ठगुन्ना लगाएत अठार नम्वर पिल्लर बस्तीमा पुगेका थिए । बिगत लामो समय देखी नदीको कटानीले बस्तीनै बिस्तापितको संघारमा पुगेको अठार नम्वर पिल्लर बस्तीमा जैविक तटबन्ध निमार्ण हुन थालेपछि स्थानिय पुनम सुनारले सहयोगी संस्था तथा पहल गर्ने जनप्रतिनिधीहरुलाई धन्यबाद दिएका छन् ।

नदीको कारण बस्तीनै जोखिममा रहेको हुदा नदी नियन्त्रण गर्नु पहिलो प्राथमिकता रहेको दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताएका छन् । ‘नदीको कटानीबाट बस्ती संगै स्थानियहरुको खेती योग्य जग्गा जोगाउनु बिशेष ध्यान हाम्रो हुनेछ्’ वडाध्यक्ष चन्द्र बहादुर सिंहले भने । अठार नम्वर पिल्लर बस्तीका अर्का स्थानिय ओंम भाटका अनुसार जैविक तटबन्ध निमार्णले जग्गा सहित बस्ती जोग्गिने बिश्वास लिएका छन् । ‘वर्षातको समयमा केही राहत पाईयो’ ओंम भाटले भने । बिगतका वर्षातको दिनहरुमा बाढीको डरले अनिन्द्रा बस्दै आएका उनिहरुले जैविक तटबन्ध निमार्ण पछि केही हद सम्म ढुक्क हुने बताएका छन् । भारतको सिमा संग जोडिएको अठार नम्वर पिल्लर बस्तीमा अहिले आएर ९ घरधुरी मात्रै बसोबास गर्दै छन् । जगबुडा नदीमा आएको बाढीको त्रासले दर्जनौ घर बिस्तापित भएका छन् । महाकाली नदीमा आएको तिब्र गतीको पानीको बहवाले जगबुडा नदीको पानीको बहावलाई रोकिदिएपछि जगबुडा नदीको पानी ओभरफ्लो भएर अठार नम्वर पिल्लर बस्तीमा पस्ने गर्छ् । वर्षातामा बस्तीमा पानी पसेपछि उनिहरु बिस्तापित हुने गर्छन् । पानीको बहाव कम भए संगै प्राय ः स्थानीयवासी घरमा फर्किन्छन । महाकाली र जगबुडा नदीको पानीले पूर्ण रुपमा दोधारा चाँदनीको वडा नं. १० को कुतियाकवर र अठार नम्वर पिल्लर बस्ती विस्थापित भएर बिद्यालयहरुमा आश्रय लिने गर्छन् । नगरपालिकाको पश्चिम–दक्षिण दिशा स्थित रहेको अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुको जगबुडा नदी किनारमा अन्न उब्जाएर खाने खेत वर्षै पिच्छे कटान गर्ने थालेपछि अठार नम्वर पिल्लर बस्तीका किसानहरु चिन्तित हुदै आएका थिए । भारतको अधिनमा रहेको नाङ्ला स्केपबाट आएको पानीले अठार नम्वर पिल्लर बस्ती उच्च जोखिममा पर्दै आएका हो । ‘कतिबेला राती नदी आएर घर बगाएर लाग्छ भन्ने डर भई रहन्थ्यो’ अठार नम्वर पिल्लर बस्तीका स्थानियहरु बताउछन् ।

बस्ती जगबुडा नदीले खेत कटान गर्ने गरेकाले अन्न उब्जाउ गरेर खाने खेत समेत घट्दै गएको र रोकथामका लागि समेत केही पहल नभएको भन्दै सरकार प्रति रुष्ट हुदै आएका थिए । उनिहरुले बिगत लामो समय देखी जगबुडा नदीमा तटबन्ध निमार्ण गर्न माँग राख्दै आएका थिए । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जगबुडा नदीले बस्तीनै जोखिममा रहेको कारण जैविक तटबन्ध बनाउने कार्यक्रम अघि बढाएको बताएका छन् । डिसीए नेपालको आर्थिक सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजना अन्तर्गत झण्डै ४ लाख ५० हजार बराबरको लगानीमा जगबुडा नदीमा जैविक तटबनध निमार्ण कार्य अघि बढाईएको कार्यक्रम संयोक सुनारले बताए ।


ताजा समाचार

spot_img