कञ्चनपुर: कञ्चनपुरको बेलडाँडी गाँउपालिका १ सिद्धचोकका स्थानीयले विद्युत ट्रान्सर्फर माग गरेका छन । बेलडाँडी १ सिद्धचोकमा राखिएको ५०केभी क्षमताको ट्रान्सर्फरले सो टोल सहित आसपासका टोलमा विद्युतसेवा प्रभावकारी हुन नसकेको भन्दै उक्त स्थानमा १सय केभी क्षमताको ट्रान्सर्फर राख्नुपर्ने बताए । स्थानीय समाजसेवी दिर्घ बहादुर शाहले नेपाल विद्युत प्राधिकरण केन्द्र वितरण शाखा बेलौरीको फ्युज सेवा बेलडाँडीमा निवेदन बुझाईने बताए । ‘यो ट्रान्सर्फरले न राम्रोसंग बिजुली बल्छ, न फङखा, हामी सेवाग्राहीलाई मारमा पारेको छ ।’

विद्युत प्राधिकरणको अर्कमण्यका कारण उक्त स्थानमा बाक्लो बस्ती र बढि ग्राहक हुँदा समेत कम क्षमताको ट्रान्र्सफर राखेर सेवाग्राहीलाई दुख दिएको बताए ।अर्का स्थानीय शेरसिह कठायतले नेपाल विद्युत प्राधिकरणको लार्पबाहीले घरमा विद्युत जडान हुँदा समेत राम्रोसंग सेवा विस्तार नहुँदा अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको बताए । ‘न बत्ति बल्छ, न पङखा चल्छ, ‘उनले भने, ‘यस्तो गर्मीका बेला हामी स्थानीय मारमा परेका छौँ, यसमा प्राधिकरणले चासो दिएको छैन ।’ स्थानीयले उक्त स्थानमा माग अनुरुप समयमै प्राधिकरणले ट्रान्र्सफर नराखे विद्युत बिरुद्धमा आन्दोलन चर्काउने चेतावनी दिएका छन ।







