यो सहर हो यहाँ जाने आउनेको मूल्य छैन
तर भन्न सकिँदैन तेल लाउनेको मूल्य छैन

गफ चुटेर बरु जीवन चलाउन सजिलो छ
यो मुलुकमा पसिना बगाउनेको मूल्य छैन

खुल्ला खुल्ला लिलामी चड्दै छ नैतिकता
आफ्नो रेट बताउन लजाउनेको मूल्य छैन

मेरो आफ्नो जीवनदर्शन छ मलाई बोक्छ
जवर्जस्ती आएर भड्काउनेको मूल्य छैन
दुनियाँ क्षेप्यास्र युद्ध लड्ने तयारी गर्दैछ
लाठी बोक्ने डण्डा बर्साउनेको मूल्य छैन
परिश्रमको फल मिठो हुन्छ भन्ने गलत छ
हेर्नुस् परिश्रम गरि कमाउनेको मूल्य छैन







