प्रावि स्तरिय हाजिरीजवाफ प्रतियोगितामा बेलडाँडीको कालिका विद्यालय उत्कृष्ट

कञ्चनपुर: प्राथमिक विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगितामा सामुदायिक विद्यालयका तर्फबाट बेलडाँडीको कालिका आधारभूत विद्यालय उत्कृष्ट भएको छ । बेलडाँडी गाँउपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा बेलडाँडीका सामुदायिक विद्यालय मध्ये चन्दनबस्तीमा रहेको कालिका आधारभूत विद्यालय उत्कृष्ट भएको हो । बेलडाँडी गाँउपालिका स्तरिय हाजिरी जवाफ प्रतियोगितामा कालिका आधारभूत विद्यालयले उत्कृष्ठ प्रस्तुत गर्दै दोस्रो स्थान हासिल गरेको छ । बेलडाँडी गाँउपालिका अनुसार प्राथमिक तर्फ निजी विद्यालय मोर्ड चाईल्ड एकेडेमी प्रथम, कालिका दोस्रो र सगरमाथा शिक्षा एकेडेमी तेस्रो भएको छ ।

सगरमाथा शिक्षा एकेडेमीमा भएको प्रतियोगितामा निजी विद्यालय प्रथम, तेस्रंो र सामुदायिक विद्यालयले दोस्रो स्थान हासिल गरेका छन । कुल १८ विद्यालय मध्ये ११ सामुदायिक विद्यालय सहभागि थिए । १० सामुदायिक विद्यालय उछिन्दै कालिका आधारभूतका तर्फबाट नितु भण्डारी, सुरक्षा जोशी र प्रकास रोकाया सहभागि भएका थिए । कालिका आधारभूत विद्यालयका प्रध्यानाध्यापक पदम बहादुर शाहले शिक्षक, अभिावक र विद्यार्थीको मेहनतले विद्यार्थीले हाजिरी जवाफ प्रतियोगितामा राम्रो स्थान हासिल गरेको बताए । उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कारका साथै सम्मान गरिएको थियो । कार्यक्रममा बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना, १ का वडाध्यक्ष गज बहादुर विष्ट, शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख भानुभक्त जोशी सहितका सहभागि विद्यालयका विद्यार्थी, शिक्षक सहभागि भएका थिए ।

ताजा समाचार

spot_img