हिक्मत कुमार शाही/ कञ्चनपुर: पुर्नवासमा बाल श्रम निवारण सम्बन्धी चेतना मुलक मनोपरामर्श तथा शैक्षिक विकास सम्बन्धी कार्यशाला गोष्टीको आयोजना गरिएको छ ।

नमुना समाज नेपालको आयोजनामा पुर्नवास नगरपालिकाको सहकार्यमा बुधबार एक कार्यक्रमको आयोजना गरि नगरपालिकाको सभाहलमा बाल श्रम निवारण सम्बन्धी चेतना मुलक मनोपरामर्श तथा शैक्षिक विकास सम्बन्धी कार्यशाला गोष्टीको आयोजना गरिएको हो । नमुना समाज नेपालले कञ्चनपुरका केही स्थानिय तह संग समन्वय तथा सहकार्य गर्दै बालश्रम निवारण सम्बन्धि चेतनामुलक तथा मनोपरामर्श र बालश्रमीकहरुको शैक्षिक बिकासका कार्यक्रमहरु गर्दै आएको छ ।

नेपाल सरकारको निर्देशन अनुसार कार्यक्रम सञ्चालन भएका पालिकाहरुमा बाल श्रम निवारण सम्बन्धी समन्वय समिति गठन गर्नुपर्ने भएकाले कार्यक्रम सम्पन्न भईसकेका स्थानिय तहमा समन्वय समिति गठन भईसकेको र पुर्नवास नगरपालिकामा पनि छिटै बाल श्रम निवारण सम्बन्धी समन्वय समिति गठन गरिने नमुना समाज नेपालका अध्यक्ष हरिना देवी भट्टले बताउनुभयो । नमुना समाज नेपालले कञ्चनपुरका ०४ वटा स्थानिय तह दोधारा चाँदनी नगरपालिका,भिमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र पुर्नवास नगरपालिकामा बालश्रम निवारण सम्बन्धि चेतनामुलक तथा मनोपरामर्श र बालश्रमीकहरुको शैक्षिक बिकासका कार्यक्रमहरु गर्दै आएको छ ।

बुधबार पुर्नवासमा बाल श्रम निवारण सम्बन्धी चेतनामुलक मनोपरामर्श तथा शैक्षिक विकास सम्बन्धी कार्यशाला गोष्टीमा नमुना समाज नेपालका अध्यक्ष हरिना देवी भट्ट,पुर्नवास नगरपालिकाका नगरप्रमुख तोया प्रशाद शर्मा,नगर उपप्रमुख भुलिया कुमारी राना, प्रमुख प्रशासकिय अधिकृत गणेश सिह ऐरी,आईटी फोकल प्रर्शन दान बहादुर बोहरा, मनोपरामर्श बिज्ञ ललित सिह साउद,शिक्षा बिद विर बहादुर चन्द, सहजकर्ता धर्मराज भट्ट र धन सिह ठगुन्ना तथा पुर्नवास नगरपालिकाका जनप्रतिनिधी र नगरपालिकामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको नमुना समाज नेपालका अध्यक्ष भट्टले जानकारी दिनुभएको छ ।






