काठमाडौ : अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण सम्पन्न भएको छ । शपथ ग्रहण सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको हो ।

सोमबार भएको निर्वाचनबाट एन्फाको १९ सदस्यीय कार्यसमिति चयन भइसकेको छ । यद्यपि, कार्यसमितिले पूर्णता भने पाइसकेको छैन । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै उपाध्यक्ष पंकजविक्रम नेम्वाङ निर्वाचित भएका थिए । कुल ८४ मध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत प्राप्त गरेका थिए ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलकै वीरबहादुर खड्का ४४ मतसहित विजयी भए । शेर्पा प्यानलका उम्मेदवार शिक्षित पराजुलीले ४० मत मात्रै प्राप्त गरे । उपाध्यक्ष पदमा पनि नेम्वाङ प्यानल हाबी भयो । चार उपाध्यक्षमध्ये तीन जना नेम्वाङ प्यानलका उम्मेदवार विजयी हुँदा शेर्पा प्यानलका एक उम्मेदवार विजयी भए ।

नेम्वाङ प्यानलबाट दावा लामा, दीपक खतिवडा र विराटजंग शाही निर्वाचित हुँदा शेर्पा प्यानलका दीर्घबहादुर (कुमार) केसी विजयी भए । शेर्पा प्यानलका उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा तथा नेम्वाङ खेमाका सुन्दरनरसिंह जोशी पराजित भए । महिला सदस्यमा भने दुवै प्यानलका एक–एक उम्मेदवार विजयी भए । शेर्पा प्यानलकी पेमा डोल्मा लामा र नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ विजयी भए । नेम्वाङ प्यानलकी विन्द्रा देवान र शेर्पा प्यानलकी विना श्रेष्ठ पराजित भए ।

१३ खुल्ला सदस्य पदका लागि भएको निर्वाचनले ११ जना मात्रै चयन गरेको छ । नेम्वाङ प्यानलबाट ६ तथा शेर्पा प्यानलबाट ५ सदस्य विजयी भएका छन् । चार जना सदस्यका उम्मेदवारको समान ३९–३९ मत भएपछि दुई सदस्यको टुङ्गो लागेको छैन ।
बाँकी दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर टुङ्गो लगाउनु पर्ने भएको छ । सदस्य पदमा नेम्वाङ प्यालनका रविन्द्र चन्द ४६, अनिल मल्ल ४७, भोजराज शाही ४४, पुरुषोत्तम थापा ४३, महेन्द्र क्षेत्री ४४, विजय नारायण श्रेष्ठ ४४ मत ल्याएर विजयी भए । शेर्पा प्यानलका रमेश व्यञ्जनकार ४३, भरत बुढ थापा ४०, टिका लामा ४१, मणिराज विष्ट ४२, मनिष जोशी ४८ मत ल्याएर विजयी भए । शेर्पा प्यानलका रुपेश अधिकारी, लोकेन्द्र गुरुङ र दीपक थापा क्षेत्री तथा नेम्वाङ दीपेन्द्र धिमालको समान ३९ मत आएको थियो ।
राष्ट्रिय टिम बाहिर रहेका १० खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निर्णय नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्बाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको पहिलो बैठकले मुख्य प्रशिक्षकसंग विवादपछी टिम बाहिर रहेका दस खेलाडीलाई टिममा फिर्ता बोलाउने निर्णय गरेको छ।