कञ्चनपुर: कञ्चनपुर जिल्ला भलिबल संघको अध्यक्षमा श्याम सिह मौनी चयन भएका छन । बुधबार कञ्चनपुर जिल्ला भलिबल संघको बार्षिक साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा मौनी चयन भएका हुन । उपाध्यक्ष उद्दव बहादुर चन्द, महासचिव उत्तम बिष्ट , कोषाध्यक्ष भरत बहादुर चन्द, सदस्य मानसिह रावत, तेज बहादुर चन्द, नवराज भट्ट, रमेश केसी(सन्तोष), गंगादत्त अवस्थी, प्रकास दत्त जोशी रहेका छन ।

जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष मोहन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष हरक सिह धामी प्रमुख अतिथि रहेका थिए, भने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुबेर खडका बिशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरी, सदस्य दुर्गा भट्ट, कर्मचारी खेलाडीको सहभागिता रहेको थियो ।








