धिरेन्द्र भट्ट/कंचनपुर : चर्चित सञ्चारकर्मी रवि लामिछाने ले म झापा, डडेल्धुरा वा चितवन वाट चुनाव लड्न नडराएको बताएका छन । मंगलबार राष्ट्रिय सभागृहमा आफू राजिनामा आएको घोषणा सभामा बोल्दै लामिछाने आउदो संसदीय निर्वाचनमा झापा, डडेल्धुरा वा चितवन बाट चुनाव लड्न नडराएको बताएका छन।

ठुला राजनीतिक दलका शीर्ष नेताहरू प्रती कटाक्ष गर्दै उनले भने, ‘ मलाई निर्वाचन क्षेत्रका बारेमा पनि प्रश्न आइरहन्छन् तपाईं कुन निर्वाचन क्षेत्रबाट उठ्नु हुन्छ’ उनले थपे, ‘ हुन त मलाई झापा, डडेल्धुरा वा चितवन बाट चुनाव लड्न मन छ तर म झापा डडेल्धुरा र चितवन बाट चुनाव लड्न डराएको हैन। तर सरकारमा को छन र तिनले कस्तो चुनाव गरेका छन त्यो इतिहास सङ्ग सचेत चाहिँ छु म’।

उनले भने, ‘हामिलाई हार्ने , लड्ने सुविधा छैन यदि एउटा ब्यक्ती लडेर हारेर फरक नपर्ने भए म स्वतन्त्र रुपमा कुनैपनी ठाउबाट उम्मेदवारी दिएर आफुलाई सुरक्षित गर्थे तर’। उनले राजनिती राजनीति जस्तै लड्नु पर्ने र राजनिती पत्रकारिता, समाजसेवा जस्तो नहुने उल्लेख गर्नुभयो। लामिछानेले आफ्नो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिन्ह ‘घण्टी’ घोषणा गरेका छन।







