एन्फा निर्वाचनः अध्यक्षमा नेम्वाङ निर्वाचित

कञ्चनपुर : पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा निर्वाचित भएका छन् ।May be an image of 8 people, people standing and text that says 'DON 8 AFC FIFA FIFA AFC Village'
हिजो असार ६ गते सम्पन्न चुनावमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्माछिरिङ शेर्पालाई मत अन्तरले पराजित गर्दै नेपाली फुटबलको सर्वोच्च पद हात पारेका छन् । नेम्वाङले ४५ मत ल्याउँदा शेर्पा ३९ मतमा सीमित भएका हुन।May be an image of 8 people, people standing, indoor and text that says '21st ANFA ORDINARY CONGRESS 2022 6 Ashar, 2079 20 June 2022 Park Village Resort, But ilkantha A Asian ooth AF Foolball 11 Foolbalf'
चार वर्ष अघि अध्यक्षका रुपमा शेर्पा पहिलो पटक एन्फामा चुनिँदा उनकै प्यानलबाट नेम्वाङ सर्वाधिक मतसहित उपाध्यक्ष निर्वाचित भएका थिए । पछि कार्यसमितिले चार उपाध्यक्ष मध्येबाट नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो ।
लामो समयसम्म चेन्ज एन्फाको नारासहित एन्फाको तत्कालिन संस्थापनविरुद्ध आन्दोलित हुँदा शेर्पा र नेम्वाङ सँगै थिए । लामो समय सहकार्य गरे पनि नेतृत्वमा पुगेपछि यी दुईबीचको सम्बन्ध चिसिन थाल्यो । एन्फा नेतृत्वमा पुगेको झण्डै डेढ वर्षपछि सुरु भएको दुईबीचको खटपटले पछिल्लो समय पूरा प्यानल नै बनाएर एक–अर्काविरुद्ध उत्रिने अवस्था सिर्जना गरेको थियो ।May be an image of 4 people, people standing and flower
नेम्वाङलगायत हिजो सँगै सहकार्य गरेका पदाधिकारीहरुले शेर्पामाथि आर्थिक अनियमिता गरेको, निरंकुशता लादेको, व्यक्तिवादी चरित्र प्रस्तुत गरेको, फुटबल विकासभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भएकोलगायतका आरोप लगाएर अलग्गै प्यानल बनाएर चुनावमा होमिएका थिए ।May be an image of 3 people and people standing
शेर्पाले भने नेम्वाङसहित आफ्नो समूहबाट अलग भएका केन्द्रिय सदस्यहरुको असहयोग तथा कोभिड-१९ महामारीका कारण पूर्वनिर्धारित योजना अनुरुपको काम गर्न नसकेको बताएका थिए । शेर्पाले पछिल्लो कार्यकालमा अधुरा रहेका कामको पूर्णताका लागि दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएको उनको भनाई थियो ।May be an image of 10 people, people standing and text that says 'ANFA FIFA AFC Ist FIFA NA 279 June 22'
२०७२ सालमा तत्कालिन अध्यक्ष गणेश थापा फिफाबाट १० वर्षको प्रतिबन्धमा परेपछि भएको निर्वाचनमा शेर्पा नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए । त्यतिबेला पनि कार्यसमितिमा सदस्य रहेका नेम्वाङ शेर्पाकै पक्षमा खुलेर लागेका थिए ।
नेपाली फुटबलको उर्भर भूमिका रुपमा परिचित झापाको धुलाबारीका स्थायी वासिन्दा नेम्वाङ सानैदेखि स्थानीयस्तरमा फुटबल खेल्थे । तर खेलाडीका रुपमा अघि बढ्न नसक्ने देखेपछि विस्तारै रोलिङ क्लब हुँदै झापा जिल्ला फुटबल संघमा छिरेका उनी २०५९ सालमा एन्फाको केन्द्रिय सदस्य भएका थिए । त्यसयता लगातार चार कार्यकाल सदस्य भएर काम गरेका नेम्वाङ चार वर्षअघि उपाध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा निर्वाचित भएको झण्डै एक वर्षपछि उनी वरिष्ठ उपाध्यक्षमा चयन गरिएका थिए ।May be an image of 3 people, people standing and indoor

ताजा समाचार