दिनेश श्रेष्ठले वृद्ध आमाबुबासंग मनाए जन्मदिन

महेन्द्रनगर:

समाजसेवी तथा राष्ट्रिय प्रजातन्त्र पाटी का जिल्ला कोषाध्यक्ष नेता दिनेश श्रेष्ठ ले आफ्नो जन्मदिन रौटेला वृद्धाश्रममा वृद्ध आमाबुबाहरुसंग मनाएका छन् । शनिबार आफ्नो जन्मदिनको उपलक्ष्यमा रौटेला वृद्धाश्रममा रहेका वृद्ध आमाबुबाकसंग आफनो जन्मदिन मनाएको उनले बताए ।

वृद्ध आमाबुबा लाई साँझपखको खाना मासु रोटि र फलफुल सामाग्री बितरण गरेको बताय। महंगो खर्च गरेर होटेलमा गएर जन्मदिन मनाउनु भन्दा र खर्च गर्नु भन्दा अनाथ वृद्ध आमाबुबाको मुहारमा खुशी दिनको लागि आफुले उनिहरुसंग आफ्नो जन्मदिन मनाएको उनले बताए । वृद्ध आमाबुबासंग रहेर आफ्नो जन्मदिन मनाउन पाउँदा भित्रै देखी आफुलाई खुशी महशुस भयको उनले बताए । साथै अब देखी सबैले आफ्नो जन्मदिन यस्तै वृद्ध आमाबुबाहरुको मुहारमा खुशी दिनको लागि वृद्धाश्रममा वृद्ध आमाबुबा संग मनाउन आग्रह समेत गरेका छ्न ।

ताजा समाचार

spot_img