आधारभुत मानविय मापदण्ड सम्बन्धी तालिम दोधारा चाँदनीमा संचालन


दोधारा । नेपालमा विपद् व्यवस्थापनमा बिभिन्न समस्याहरु रहने गरेका छन् । बाढीको रोकथाम, न्यूनीकरण, उद्घार, पुर्नस्थापना एवं पूनरनिर्माणमा जोड दिएपनि त्यसको मानविय मापदण्ड तथा पुर्व सुचना प्रणालीको बारेमा ध्यान नदिएको देखिन्छ् । विपद् जोखिम को रोकथाम, न्यूनीकरण उद्घार, पुन ः स्थापना एवं पूनरनिर्माणको लागि प्रयाप्त माक्रामा दक्ष जनशत्ति एवं साधन स्रोतको मानविय मापदण्डमा ध्यान नदिदा बिभिन्न समस्या खेप्नु पर्ने अवस्था रहेको छ् । बिगतमा भएका बिभिन्न समयमा आएका बाढीका घटनाबाट समेत हामीले पाठ सिक्न सकेका छैनौ । यसै बिषयलाई जोडेर दोधारा चाँदनी नगरपालिकाको वडा नं. ९ स्थित अम्बिका माध्यमिक बिद्यालयमा दुई दिने आधारभुत मानविय मापदण्ड सम्बन्धी तालिम संचालन भएको छ् । मानविय तथा सामाजिक कार्यमा क्रियाशिल संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) आयोजना गरेको दुई दिने आधारभुत मानविय मापदण्ड सम्बन्धी तालिमको आर्थिक सहयोग डिसीए नेपाल गरेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिएका छन् ।

तालिममा दोधारा चाँदनी नगरपालिकाका ३० जना युवा तथा युवतीहरुको सहभागिता रहेको थियो । कार्यक्रम उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गोपीलाल कडेंल, वडा नं. ९ का वडा सदस्य बल बहादुर रावत, डिसीए नेपालका जलवायु परिवर्तन तथा बिपद् ब्यवस्थापन तथा मानविय सहायता परियोजनाका कार्यक्रम संयोजक दिनेश गुरुङ्ग, डिसीए नेपालका जलवायु परिवर्तनका बिज्ञ राजन थापा, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ फरियोजनाका कार्यक्रमका कार्यत्रम संयोजक राजकुमार सुनार, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का प्रभुनिधी पन्त, जलवायु परिवर्तनका प्राविधिक गणेश ठगुन्ना, दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद् श्रोत ब्यक्ती तथा नेपाल रेडक्रस सोसाईटी कञ्चनपुर शाखाका मन्त्री रघुनाथ भट्ट उपस्थिती रहेका थिए । विपद् आउनै नदिने, समयमा बाढीको रोकथाम, विपद् जोखिम न्यूनीकरण गर्ने लगाएतका मानविय मापदण्डको पूर्व तयारी विषयमा तालिममा बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिकालाई चारै तर्फ बाढीले घेरेको नगरपालिका रहेको हुदा बर्षेनी बाढीको समस्या झेल्दै अवस्थामा बाढी आउनु पुर्व सुचना प्रणाली मापदण्ड, आउदा र आएपछिका मानविय मापदण्डको बिषयमा सहभागीहरुलाई छलफल तथा जानकारी गराईएको डिसीए नेपालका जलवायु परिवर्तन तथा बिपद् ब्यवस्थापन तथा मानविय सहायता परियोजनाका कार्यक्रम संयोजक दिनेश गुरुङ्गले जानकारी दिएका छन् । तालिमको सहजीकरण डिसीए नेपालका जलवायु परिवर्तन तथा बिपद् ब्यवस्थापन तथा मानविय सहायता परियोजनाका कार्यक्रम संयोजक दिनेश गुरुङ्ग, दोधारा चाँदनी नगरपालिका कार्यालयका बिपद् श्रोत ब्यक्ती तथा नेपाल रेडक्रस सोसाईटी कञ्चनपुर शाखाका मन्त्री रघुनाथ भट्ट, डिसीए नेपालका जलवायु परिवर्तनका बिज्ञ राजन थापा, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का प्रभुनिधी पन्त, जलवायु परिवर्तनका प्राबाधिक गणेश ठगुन्नाले सहजीकरण गरेका थिए ।

 


ताजा समाचार

spot_img