बिपद् पुर्व सुचना प्रणाली सुद्धढीकरणको लागी दोधारा चाँदनीका स्थानिय र जनप्रतिनिधी संग छलफल


दोधारा । दोधारा चाँदनी नगरपालिकाको बाढी ग्रस्त क्षेत्रमा बिपद् पुर्व सुचना प्रणाली सुद्धढीकरणको लागी स्थलगत अनुगमन गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको सहयोगमा आज दोधारा चाँदनी नगरपालिका वडा नं. ८, ९ र १० को बाढी ग्रस्त क्षेत्रको बिपद् पुर्व सुचना प्रणाली प्रभावकारी बनाउनको निम्ती स्थलगत अनुगमन गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिएका छन् । स्थलगत अनुगमनमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार, डिसीए नेपालका जलवायु परिवर्तन तथा बिपद् ब्यवस्थापन तथा मानविय सहायता परियोजनाका कार्यक्रम संयोजक दिनेश गुरुङ्ग, हिमालयन ईन्जिनियरिङ्गका प्राबिधिक सुरज गौतम, अरुण भण्डारी, डा. संजय देवकोटा, जलवायु परिवर्तनका बिज्ञ राजन थापा, जलवायु परिवर्तनका प्रबाधिक गणेश ठगुन्ना लगाएको उपस्थिती रहेको थियो । बिपद्को जोखिमलाई न्युनिकरण र व्यवस्थापन गर्न सूचना प्रणाली कमजोर हुदा चुनौती बढी भएको भन्दै स्थानियहरुले चिन्ता व्यक्त गरेका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८, ९ र १० वडा विपद्को उच्च जोखिममा रहेको वडा भएसंगै सूचना प्रणाली र प्रसारण प्रक्रिया कमजोर भएको हुदा ठुलो समस्या पर्दै आएको उनीहरुको भनाई छ् ।

विपद् व्यवस्थापन जोखिम न्युनिकरणकालाई सूचना प्रणाली प्रभावकारी हुनु पर्ने स्थानियबासी मोतीराम सुनारले बताए । प्रभावकारी सूचना प्रणालीको व्यवस्था नहुदा सहजै व्यवस्थापन र न्युनिकरण हुने विपदमा समेत चुनौती आउने गरेको उनको भनाई छ् । दोधारा चाँदनी नगरपालिकाका बाढी ग्रस्त क्षेत्रका स्थलगत अनुगमनमा स्थानियहरुले विपद् सूचना प्रणालीलाई सक्रिय बनाउनु आवश्यक देखिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ सुन्दरनगर, वडा नं. १० को कुतियाकवर, अठार नम्वर पिल्लर बस्ती, महाकाली पक्की पुल, शारदा ब्यारेजको नजिक जिरो पोईन्ट लगाएत क्षेत्रको स्थलगत अनुगमन गरिएको सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् । स्थलगत अनुगमन पश्चात दोधारा चाँदनी नगरपालिका जनप्रतिनिधीहरु संग बिपद् पुर्व सुचना प्रणाली सुद्धढीकरणको बिषयमा छलफल गरिएको थियो । छलफलमा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा जोशी, दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तथा बिपद् ब्यवास्थापनका संयोजक पदम सिंह रावल, वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकाया, वडा नं. ९ का वडाध्यक्ष गोपीलाल कडेंल, वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, दोधारा चाँदनी नगरपालिका कार्यालयको प्रमुख प्रशासकिय गणेश मिश्रा, नगरपालिका बिपद् फोकल पर्सन रघुनाथ भट्ट लगाएत नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपाल प्रतिनिधी तथा प्राबिधिकहरुको उपस्थिती रहेको थियो । मौसम तथा विपद् जोखिम बारे पूर्वसूचना दिने विषयमा छलफल गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्रले जानकारी दिएका छन् ।

‘दोधारा चाँदनी नगरपालिकामा बाढीले धेरै जोखिम निम्त्याउने ठाँउहरु छन्, बिपद् पुर्व सुचना आधुनिक प्रणाली हामी संग छैन्,’ दोधारा चाँदनी नगरपालिका कार्यालय प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्रले भने, ‘हामीलाई पनि बिपद्को पूर्व सूचना दिने आधुनिक प्राविधिको निकै खाँचो छ् ।’ दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधीहरुले प्राकृतिक विपद् जोखिम न्युनीकरणका लागि दीगो नीति निर्माण गरी रणनीतिक योजना सहित काम गर्ने, पुर्व सूचना प्रणाली स्थापनाका लागि लगानी गर्ने, जोखिम नक्साकंन र टोल प्राथमिकीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८, ९ र १० मा बिपद् पुर्व सुचना प्रणाली सुद्धढीकरण गर्ने तयारी भईरहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।


ताजा समाचार

spot_img