मोवाईल चार्ज गर्न भारत : अठार नम्वर पिल्लर बस्तीको पिडा


दोधारा । अठार नम्वर पिल्लर बस्तीको जगबुडा नदीको पारी नेपाली बस्तीमा झिमिल्ल बिजुली बत्ती बल्छ् । उता बस्तीको नेपाल–भारत संग जोडिएको भारतिय बस्तीमा बिजुली बत्ती बल्छ् । तर अठार नम्वर पिल्लर बस्तीमा रातीको समयमा अन्धकार हुन्छ् । रातीको समयमा टुकीको सहारामा रात काट्न बाध्य भएका छन् अठार नम्वर पिल्लर बस्तीका स्थानियहरु । नेपाल सरकारले एक झोलुङ्गे पुल र नागरिकता बहेक केही दिएको छैन् । स्थानियहरु बिजुलीको लाईन विस्तार हुने अझै आसमै छन् । दोधारा चाँदनी नगरपालिकामा नयाँ स्थानिय सरकार आएको कारण उनिहरुमा केही आशा पलाएको देखिन्छन्् । ‘नवनिर्वाचित जनप्रतिनिधीहरुले केही गर्छन् कि ?’ उनिहरु भन्छन् । जगबुडा नदीले वर्षा संगै हिउदमा समेत जग्गा कटान गरेपछि अठार नम्वर पिल्लर बस्ती बिस्तापितको अन्तिम संघारमा छ् । बस्ती जोगाउन पक्की तटबन्ध संगै बिद्युत बिस्तार चाडै गरिदिन उनिहरुको माँग रहदै आएको छ् । नेपाल–भारत सिमा स्तम्भ नजिक रहेको अठार नम्वर पिल्लर बस्तीमा रातीको समयमा चोरी हुने हुदा बिद्युत्त बिस्तार अति आवश्यक रहेको उनिहरुले बताएका छन् । ‘अझै सम्म टुकीको भरमा रात बिताई रहेका छौं’ डम्मरा ओली भनिन् । मोवाईल चार्ज गर्न भारतको जानु पर्ने बाध्यता रहेको उनले बताएका छन् । बिद्युत बिस्तारको लागी पटक–पटक सम्बन्धित निकायमा उनिहरुले ध्यानाकर्षण गराईसकेका छन् । तर, अहिले सम्म राज्यले कुनै चाँसो नदिइएको उनीहरुको गुनासो छ् । ‘हामीलाई त, निर्वाचनका बेला भोटका लागि मात्रै हो नेताहरुले सम्झन्छन्’ माया देबी सुनारले भनिन्, ‘राज्यबाट सबै चिजले टाढा रहेको उक्त बस्तीका नागरिक बारे कसले सोचिदिने ?’ आध्यारोमा बस्दा असुरक्षा हुने उनीहरुको पीडा छ् । नगरपालिकामै विद्युत सेवा बिस्तार नभएको एक मात्रै बस्ती अठार नम्वर पिल्लर बस्ती हो । सरकारको चरम लापरवाहीको कारण अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा छ् । जगबुडा नदीको पारीको नेपाल–भारत सिमा स्तम्भ संग जोडिएको सीमा क्षेत्रमा अवस्थीतको अठार नम्वर पिललर बस्ती नदी कटानी देखि भारतियहरुको हेपाहा समस्या खेप्दै आएका छन् । जगबुडा नदीले उनिहरुको जग्गा कटान गरेर घर छेउ नदी पुग्न थालेपछि उनिहरु बिस्तापितको संघारमा रहेको छन् । अठार नम्वर पिल्लर बस्तीमा ९ घरधुरी रहेका छन् । उक्त बस्तीमा झण्डै २ सय बिघाह जग्गा रहेको स्थानिय डम्मरी ओलीले बताए । अन्य जग्गाधनीको घर जगबुडा नदीको वारी बस्दै आएका छन् । उनिहरु खेतीपाती गर्न मात्रै अठार नम्वर पिल्लर बस्तीमा जाने गरेका छन् । अठार नम्वर पिल्लर बस्तीमा बिस्तापित पछि बाँकी रहेका ९ घरधुरीको अवस्था दिन दिनै बिजोग बन्न थालेको छ् । अझै सम्म उनिहरुले बिद्युत्त सेवा समेत नपाएको पिडा उनिहरु संगै छ् ।


ताजा समाचार

spot_img