दोधारा । दोधारा चाँदनी–१० का कुतियाकवरकी माया देबी सुनारलाई आ भोली रात निन्द्रानै लाग्दैन । वर्षाको समय आयो, गएको बाढीमा सुरक्षाकर्मी र स्थानियहरुले घर भित्रबाट उद्धार गरेको उनले बिर्सेका छैनन् । माया देबि सुनार उनका छोरी आरतीलाई समयमा उद्धार टोली नआएको भए बाढीले ढुवाउने थियो । यस पटक भने झनै ठुलो बाढी आउने भन्ने उनको मनमा छन् । कतिबेला बाढी आउछ, घर संग आफुहरुलाई बगाउछ भन्ने चिन्ता उनमा छ् । बिगतका दिनमा महाकाली नदीको भंगालो उनको बस्तीमा पसेर घरमा भएका रासन लत्ताकपडा, भाडाकुडा बगाउदाको दिन उनलाई झल्झल्ती अझै पनि याद छ् । उनको घर नजिकै महकाली र जगबुडा नदीको दोभानको किनारमा छ् । आकाशमा कालो बादल लागेको निन्द्रा पनि उडेर जान्छ माया देबिको । पछिल्लो समय आएको बाढीले घरमा भएको अन्नपात बगाएर लगेपछि उनी बाढीबाट त्रसित हुदै आएका हन् । माया देबी भन्छिन्– ‘आकाशमा कालो बादल मडारिएपछि रात भरी निन्द्रा लाग्दैन, छोरी आरती पनि सुत्दैनन् वाढीले लैजान्छ कि, भन्ने डर मात्रै हुन्छ् ।’ बिगतमा उनको बाढीले घरमा भएको सारा कुरा बगाई लगेको कारण महिनौ दिन सम्म घर छेउमा पाईने एक छाक घाँस पकाएर उनि र उनकी छोरीले दिनचर्या बिताएको बिर्सन सकिरहेको छैनन् । भोट माग्ने बेला महाकाली नदी र जगबुडा नदी नियन्त्रणको लागी पक्की तटबनध बनाउने आश्वासन दिएपनि अझै सम्म तटबन्ध बनाउने कुनै सुरसारनै छैन् ।


यस पटक महाकाली नदीको दिशा बस्ती तर्फ सोझिएको हुदा बस्तीनै तहसनहस हुने संकेत देखिएको छ् । नदी नियन्त्रण तथा ब्यवस्थापन गर्न सरकारले थोरै रकम पनि बिनियोजन नगरेको स्थानियहरुको गुनासो छ् । कुतिकवरका माया देबीलाई मात्रै होईन, अहिले कुतियाकवर बस्तीका ४० घरपरिवारलाई पानी परेको बेला रातमा निन्द्रा पर्दैन । दुई नदीले जोडिएको सो बस्तीमा तटबन्ध नभएको कारण नदीको भंगालो बस्तीमा पसेर बस्तीनै उजाड गर्ने प्रवल संभावना बढेर गएको छ् । उक्त बस्तीमा निड्स नेपाल कञ्चनपुर र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत गैरसरकारी निकायले बाढी आएको बेला सहयोग सामग्री, उद्धारका लागी कार्यदलहरुलाई तालिम संचालन गर्दै आएको छ् । बस्तीमा बाढी पसेपछि ज्यान जोगाउन भाग्न सम्भव छैन् । उनिहरु भगवानको सहारामा बर्षायाम बिताउछन् । ‘भगवानको सहारामा छ, कुतियाकवरको बस्ती’ स्थानिय शिक्षक टंकलाल जोशी भन्छन् । कुतियाकवरको बारेमा जो संग समस्या राखेपनि समस्या जस्ताको तस्तै भएको स्थानियहरुको भनाई रहेको छ् । पछिल्लो समयमा आएर महाकाली नदी बस्ती तिर सोझिएको छ् । गएको वर्षमा जस्तै बाढी आउने हो भने बस्तीनै तहसनहस हुने पक्का पक्की छ् । नदीले बस्ती तर्फको जमिन कटान गर्दै आएको कारण बस्ती असुरक्षित छ् । ‘गएको दिनहरु जस्तै बाढी आए बस्तीलाई सखाप पार्ने डर मनमा छ्’ मोतिराम सुनार भन्छन्– ‘डरै डरमा बस्न बाध्य छौं ।’ महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा बस्दै आएका रहेको कुतियाकवर, शान्ति टोल, बैतिफाँटा तथा प्रधानटोल, सुन्दरनगर, १८ नं. पिल्लर गाँउ, लठ्ठाघाट, सुन्दरनगर लगाएतका बस्तीहरुका स्थानियहरुलाई बाढीको त्राशद्धीले सताउदै आएको छ् । कुतियाकबरको नेपाल–भारत सिमा संगै जोडिएको क्षेत्रका भारतिय नागरिकलाई त्यहाको सरकारले अर्को क्षेत्रमा लगेर पुन:स्थापना गरिसक्यो । दोधारा चाँदनीका तटिय क्षेत्रमा बसोबास गर्दै आएका स्थानियहरुले मन्त्री, सभासद लगाएत सरोकारवाला सबै संग नदी नियन्त्रणको माँग राख्दा समेत अझै सम्म कुनै प्रकारको सुनुवाई समेत नभएको दुखेसो उनिहरुमा छ् ।







