मानव बेचखिन बिरुद्ध एकजुट हुन् माईती नेपालको दोधारा चाँदनीका जनप्रतिनिधी संग भेट


दोधारा । दोधारा चाँदनी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधी संग माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन नियन्त्रणको लागी समन्वयात्मक भेट अघि बढाएको छ् । दोधारा चाँदनी नगरपालिकामा स्थानिय तहको निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधीहरु संग समन्वय गर्न भेटघाट अघि बढाएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । आज माईती नेपाल कञ्चनपुरको टोलीले दोधारा चाँदनी नगरपालिका वडा नं १, २ र ४ का वडाध्यक्ष संग भेट गरि दोधारा चाँदनी नगरपालिकाको खुला सिमा क्षेत्रमा हुदै आईरहेको मानव बेचबिखन तथा ओसार पसारको बारेमा जानकारी गराएका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं १ का वडाध्यक्ष बिक्रम चन्द, वडा नं। २ का वडाध्यक्ष पदम सिंह रावल, वडा नं ४ का वडाध्यक्ष भक्त बहादुर सुनार संग माईती नेपाल कञ्चनपुरको टोलीले छुट्टा छुट्टै भेटमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको बिरुद्धमा एकजुट हुन आग्रह गरेका छन् । माईती नेपाल कञ्चनपुरको टोलीमा मथुरा कुँवर, गिता चौधरी, खिमा चन्द, लक्ष्मी कुमारी थापा, पत्रकार पप्पु गुरुङ्ग रहेका थिए । दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको लागी वडाध्यक्षहरुले सिमा क्षेत्र अझ कसली बनाउन सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । बिगत लामो समय देखि दोधारा चाँदनी नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा क्रियाशिल संस्था माईती नेपालले दर्जनौ किशोरीलाई तालिम, जोखिममा परेकाहरुलाई उद्धार, पुर्नमिलन तथा परामर्श दिएको माईती नेपाल कञ्चनपुरका संयोजक भट्टको भनाई छ् । भेटघाटमा जनप्रतिनिधीहरुले मानव बेचखिन बिरुद्ध सबै एक जुट हुनेमा प्रतिबद्धता जाहेर गरेका छन् ।


ताजा समाचार

spot_img