दोधारा । दोधारा चाँदनी नगरपालिकाले पनि अत्यधिक गर्मीका कारण विद्यालयमा दिइएको छ । दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको आज बसेको बैठकको निर्णय अनुसार आउदो असार १ गते देखि ४ गते सम्म सामुदायिक तथा संस्थागत बिद्यालय बन्द गर्ने निर्णय गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगरप्रबक्ता ओंम बस्नेतले जनाएका छन् । असार १ गते देखि ४ गते सम्म सामुदायिक तथा संस्थागत बिद्यालय बन्द गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले एक सुचना भनिएको छ् । ‘हाल गर्मी अत्यधिक बढी रहेकोले मौसम प्रतिकुल भई बिद्यालयको पठन पाठन तथा शिक्षक तथा बिद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको अवस्थालाई मध्यनजर गरि यस नगरकार्यपालिकाको मिति २०७९/२/३१ गतेको निर्णय अनुसार यहि मिति २०७९/३/१ गते देखि २०७९/३/४ गते सम्म चार दिन पछि लामो बिदाबाट मिलान गर्ने गरि बिदा ब्यवस्थापन गर्न गराउन हुन अनुरोध छ् । साथै वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने ब्यवस्था मिलाउन हुन सबै बिद्यालयहरुलाई अनुरोध गरिन्छ्’ दोधारा चाँदनी नगरपालिका कार्यालयले जारी गरेको सुचनामा भनिएको छ् ।








