पप्पु गुरुङ्ग, दोधारा । कुतियाकवर बस्तीको नजिक महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा हो–हल्ला, दौडादौड छ् । स्टेचरमा बाढीमा डुबेका घाईतेहरुलाई बोक्न खोज सामुदायिक स्तरिय बिपद् ब्यवस्थापन अन्तर्गत बिपद् कार्यदल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रसकर्मीको टोली भ्याईनभ्याई छ् । बाढी बस्तीमा पसेर ब्याप्त क्षती पुर्याएको अवस्थामा स्थानियहरुलाई कसरी उद्धार गर्ने बिषयमा उनिहरु खटिएका छन् । चारै तिर हो–हल्ला, स्थानियहरुको चिच्याहटले बातारण शुन्यमय बनेको छ् । आकाशबाट मुसलधारा पानी आएको छ्, जगबुडा नदी र महाकालीको दोभान बस्तीमा नदीको पानी बस्तीमा छिरेर बस्तीमा चिल्लीबिल्लीनै बनाएको छ् । स्थानियहरुले आफ्नो ज्यान जागाउनैमा दौडधुपमा छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, बिपद् कार्यदलको माईकिङ्ग र सिटीको चर्को आवाज समेत गुञ्जयमान छ् । बिपद् कार्य दल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मीहरु स्टेचरमा घाईतेहरुलाई बोक्नै हम्मे–हम्मे परेको छ् । अर्को तिर बाढीमा डुबेका घाईतेहरुको प्राथमिक उपचार पनि चलिरहेको छ् । बित्यास लाग्दो बाताबरण ।


एम्बुलेन्सले घाईतेहरुलाई प्राथमिक उपचार पछि बोक्दै नजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा पुर्याउदै फर्किदै गरेको मार्मिक द्धश्य देखिन्छ् । बाढीको कारण पानीमा डुबेर घाईतेहरुको अवस्था निकै दर्दनाक छ् । महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पसेर स्थानियहरुको दुखान्त द्धश्य बाहेक केही देखिएदैन् । यो द्धश्य हो दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियकवार बस्तीको महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रको बाढीमा आधारित कृत्रिम नमुना अभ्यासको । वर्षाको बेला बाढीबाट कसरी धन र जनको सुरक्षा गर्ने बिषयमा गरिएको कृत्रिम नमुना अभ्यास रहेको निड्स नेपाल कञ्चनपुरका बिपद् फोकल पर्सन ईश्वर उपाध्याय्ले बताएका छन् । बाढी आएको बेला खोज उद्धार कार्य दल, पुर्व सुचना कार्य दल, प्राथमिक उपचार कार्यदल, नेपाल प्रहरी, सशस्त्र प्रहरीले गरिने कृत्रिम नमुना अभ्यासको तालिम गरिएको निड्स नेपाल कञ्चनपुरका बिपद् फोकल पर्सन ईश्वर उपाध्याय्ले बताएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० आसपास क्षेत्रमा महाकाली नदी र जगबुडा नदीको आएको बाढीले तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको धनजनको ठुलो मात्रामा क्षती गर्दै आएको छ् ।

नदीमा आएको बाढीको कारण उक्त बस्तीहरुका स्थानिय पलाएन हुदै आएका छन् । आकाशमा कालो बादल देख्ने बित्तीकै उनिहरुमा चिन्ताले सताउन थाल्छ् । उक्त बस्तीहरुमा बिभिन्न गैरसरकारी संस्थाहरुले नदी नियन्त्रण तथा बाढी आएपछि कसरी बच्ने बिषयमा बिभिन्न कार्यक्रम संचालन गर्दै आएको छ् । दोधारा चाँदनीको बिभिन्न बाढीग्रस्त क्षेत्रमा निड्स नेपालले बिशेष कार्यक्रम संचालन गरि स्थानियहरुलाई सघाउदै आएको छ् । पछिल्लो समयमा आएर नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरले पनि बाढी ग्रस्त बस्तीमा आफ्नो सहभागिता देखाउदै आएको छ् । वर्षा सुरु हुने समयमा आएको हुदा बाढीबाट कसरी धनजनको सुरक्षा गर्ने भन्ने बिषयमा स्थानियहरुको सहभागितामा तालिम संचालन गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरका प्रतिनिधी राजकुमार सुनारले जानकारी दिएका छन् । सामुदायिक स्तरिय बिपद् ब्यवस्थापन, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा कृत्रिम नमुना अभ्यास संचालन गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरका प्रतिनिधी राजकुमार सुनारले बताएका छन् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा जोशी, वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष तथा बिपद् ब्यवस्थापनका संयोजक पदम रावल, सामुदायिक स्तरिय बिपद् ब्यवस्थापन अन्तर्गत बिपद् कार्यदल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रसकर्मी तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । निड्स नेपाल कञ्चनपुर, नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका कार्यालय लगाएत बिभिन्न दातृनिकायले उक्त कृत्रिम नमुना अभ्यास संचालन गरेको बताईएको छ् । कुतियाकवर बस्तीका एक स्थानिय माया देबी सुनारले बाढीबाट बच्न गरिएको कृत्रिम नमुना अभ्यास निकै फलदायी रहेको बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा निड्स नेपाल कञ्चनपुरले बिपद्का रहेका जोखिम बस्तीहरुमा १० स्थानमा सामुदाय स्तरिय बिपद् ब्यवस्थापन समिति मार्फत बिपद् कार्यदल गठन गरि उनिहरुलाई बिपद् आईपरेकाहरुलाई खोजी तथा उद्धार कार्यका लागी बिभिन्न तालिम तथा बैठक संचालन गर्दै आएको छ् । सो अनुरुप आज आएर उनिहरुलाई प्रयोगात्मक कृत्रिम नमुना अभ्यासको लागी बाढीबाट कसरी जोग्गीने बिषयमा कृत्रिम नमुना अभ्यास कार्यक्रम संचालन गरिएको बताईएको छ् ।






