‘हामीलाई जैविक तटबन्ध चाहिदैन्, पक्की तटबन्ध चाहिन्छ्’


दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अठार नम्वर पिल्लरका स्थानियहरुले आफुहरुलाई पक्कै तटबन्ध चाहिएको बताएका छन् । बिगतका दिनहरुमा एक गैरसरकारी संस्थाले बस्ती बचाउन जगबुडा नदीमा निमार्ण गरेको जैविक तटबन्ध नदीको एकै भेलले भत्काएको बताउदै अबका दिनहरुमा बस्ती जोगाउन पक्की तटबन्धको खाँचो रहेको माया देबी सुनारले बताएका छन् । वर्षात संग हिउदमा समेत जगबुडा नदीले बस्तीको जग्गा कटान गर्दै आएको पिडा ब्यक्त गर्दै जैविक तटबन्ध बसतीको लागी खासै अर्थ नभएको उनले बताएका छन् । ‘जगबुडा नदीको बहावले जैविक तटबन्धको एक पल्टमा भत्काईदिने भएको हुदा सो तटबन्ध भन्दा थोरै भएपनि पक्की तटबन्ध बनाउनु आवश्यक छ्’ माया देबी सुनारले भने । सरकारको चरम लापरवाहीको कारण अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा रहेको छ् । जगबुडा नदीको पारीको नेपाल–भारत सिमा स्तम्भ संग जोडिएको सीमा क्षेत्रमा अवस्थीतको अठार नम्वर पिललर बस्ती नदी कटानी देखि भारतियहरुको हेपाहा समस्या खेप्दै आएका छन् । जगबुडा नदीले उनिहरुको जग्गा कटान गरेर घर छेउ नदी पुग्न थालेपछि उनिहरु बिस्तापितको संघारमा रहेका छन् । अठार नम्वर पिल्लर बस्तीमा ९ घरधुरी रहेका छन् । उक्त बस्तीमा झण्डै २ सय बिघाह जग्गा रहेको स्थानिय डम्मरी ओलीले बताए ।

अन्य जग्गाधनीको घर जगबुडा नदीको वारी रहेको छ् । उनिहरु खेतीपाती गर्न मात्रै अठार नम्वर पिल्लर बस्तीमा जाने गरेका छन् । अठार नम्वर पिल्लर बस्तीमा बिस्तापित पछि बाँकी रहेका ९ घरधुरीको अवस्था दिन दिनै बिजोग बन्न थालेको छ् । अझै सम्म उनिहरुले बिद्युत्त सेवा समेत नपाएको पिडा उनिहरु संगै छ् । पक्की तटबन्ध निमार्ण नभए अठार नम्र पिल्लर बस्ती बिस्तापित हुने पक्का छ् । अठार नम्वर पिल्लर बस्ती बाहेक अन्य स्थानमा ९ घरपरिवारको जग्गा नभएको कारण सबै थोक छाडेर कहाँ जाने भन्ने चिन्ताले सताएको स्थानिय डम्मरी ओलीले बताएका छन् । बिगतमा दर्जनौ घरहरु रहेको यस बस्तीमा जगबुडा नदीले वर्षै पिच्छे जग्गा कटानी गर्न थालेपछि अहिले आएर ९ घरपरिवारमा करिब ४० जना परिवार अठार नम्वर पिल्लर बस्तीमा बसोबास गर्दै आएका छन् । सिमा स्तम्भ संग जोडिएको जगबुडा नदीको पारीको बस्तीमा नेपाल सरकारको नागरिकता र एक झोलुङ्गे पुल बाहेक केही छैन् । उनिहरुको सबै थोकमा भारतिय बजार संग सम्बन्ध छ् । नानीहरुको पठन पाठन देखि लिएर गाँउ, बस्तीमा हुदै आएको झै झगडाको भएपछि भारतिय पञ्चायतमा उनिहरु धाउने गर्दछन्


ताजा समाचार

spot_img