अछामी टोलमा २९ घरपरिवार लाभान्भित हुने गरि दोधारा चाँदनी–६ का वडाध्यक्षले खोले नयाँ बाटो


दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का अध्यक्ष ओम वस्नेतले अछामी टोलमा नयाँ बाटो खोलेका छन् । अछामी टोलका २९ घर परिवारलाई सुविधा पुग्ने गरी अढाई किलोमिटर बाटो खोलिएको छ । एशियन स्टार स्कुल नजिकको अछामी टोलका स्थानीयले वर्षौै देखि बाटो खोल्न माँग गर्दै आएका थिए । स्थानीय तह निर्वाचनमा अध्यक्ष वस्नतेले वासिन्दाको माँग अनुसार बाटो खोल्ने वाँचा गरेका थिए । चुनावी वाँचा अनुसार अध्यक्ष वस्नतेले निर्वाचित भएपछि बाटो खोल्ने प्रयास गरेका थिए । यसैगरी अध्यक्ष वस्नेत कमलशा आधारभूत विद्यालयमा समेत निरीक्षण गरेका छन् । उनी नगरपालिकाका प्रवक्ता समेत हुन् ।


ताजा समाचार

spot_img