स्थापना दिवसको अवसरमा कञ्चनपुरमा रक्तदान


कञ्चनपुर : नेपाल पशु स्वास्थ्य प्राबिधिक संघ (नेल्टा) ले आफ्नो ७ औं स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ।

बिहीवार नेल्टाको स्थापना दिवसमा नेल्टा कंचनपुर जिल्ला कार्य समितिले यस पटक नेल्टा दिवसमा रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा) कञ्चनपुरका अध्यक्ष गोबिन्द भट्टले बताएका छन् ।

उनका अनुसार , नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र कञ्चनपुरको प्राविधिक सहयोग र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टा कंचनपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । उनले भने, ‘रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम गरिएको हो ।’

रक्तदान कार्यक्रममा नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा) कञ्चनपुरका अध्यक्ष गोबिन्द भट्ट, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य कमलापती भट्ट, कृष्णपुर नगरपालिका पशु शाखा प्रमुख मान बहादुर केसी, नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्रका प्रमुख नरेन्द्र देब जोशी लगायत बिभिन्न स्थानिय तहका पशु प्राविधिकहरु तथा सरोकारवालाहरुको उपस्थित रहेको थियो ।


ताजा समाचार

spot_img