फाप्लामा अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा सरकारकोतर्फबाट कुनै कसर बाँकी नराखिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता


कञ्चनपुर : सुदूरपश्चिम प्रदेश स्थित धनगढीमा फाप्लामा अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा सरकारकोतर्फबाट कुनै कसर बाँकी नराखिने प्रधानमन्त्री देउवाले प्रतिबद्धता गरेका छन् ।

नेपाल सरकार मन्त्रीपरिषद्‌बाट सुदूरपश्चिम प्रदेश,विशेषगरी धनगढी क्षेत्रको विकास र समृद्धिलाई द्रुतगतिमा दौडाउने केन्द्र विन्दु फाप्ला अन्तर्राष्ट्रिय क्रीकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माणका लागि एउटा बाटो खुलेको छ।

मंगलबार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिमा सरकार द्धारा दुई सदस्य नियुक्ति गरेको छ । जसमा अध्यक्ष शुभाष शाही, सदस्यमा कल्पना दियाकोटी साउँद लाई नियुक्त गरेको हो। अध्यक्ष सुरुवाती चरण देखि अभियान सञ्चालनमा होमिएका युवा खेल प्रेमी सुभाष शाहि लाई नियुक्त गरिएको थियो।

अध्यक्ष शाही र प्रधानमन्त्री देउवा बिचको भेटघाटमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्धारित समयमा फाप्लामा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्नुपर्छ र त्यसमा सरकारकोतर्फबाट कुनै कसर बाँकी नराखिने प्रतिबद्धता समेत गरेको छन् ।

सरकारका तर्फबाट पुर्ण रुपमा सहयोग पाउने हुँदा आगामी दिनमा निर्माण कार्यमा सहज हुने र सदा फाप्लामा चासो राख्ने र हौसला बढाउनु हुने सरकारका प्रमुख लगायतको टिमलाई समेत शाहिले हार्दिक आभार समेत व्यक्त गरेका छन् ।


ताजा समाचार

spot_img