जिल्ला खेलकुद समितिको पालिका भेटघाट कार्यक्रम सम्पन्न


कञ्चनपुर : जिल्ला खेलकुद समिति कञ्चनपुरको जिल्लामा रहेका पालिका संग खेलकुद बिकासका लागी बजेट विनियोजन र समन्वयका लागि पहिलो पटक गरिएको भेटघाट कार्यक्रम सम्पन्न गरेको छन् ।May be an image of 5 people, people sitting, people standing and indoor

जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खडका,उपाध्यक्ष कैलाश चन्द्र गिरि लगायत कार्यसमिति सदस्य दुर्गा जोशी भट्ट ,कार्यालय प्रमुख गोपल दत्त भट्ट र प्रशिक्षक प्रमुख बिमल खडायतले जेठ २३ गते सोमबार बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना ,बेलौरी नगरपालिका उपप्रमुख जोग राम चौधरी ,पुनर्वास नगरपालिका प्रमुख तोय प्रशाद शर्मा,उप प्रमुख भुलिया कुमारी राना र लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना रMay be an image of 2 people and people standing जेठ २४ गते मंगलबार जिल्ला खेलकुद समिति र स्थानीय सरकार विच समन्वय र सहकार्य गर्ने छ्लफल अभियान अन्तरगत दोस्रो दिन दोधारा चादनी नगरपालिका नगर प्रमुख किशोर कुमार लिम्बू , दोधारा चादनी नगरपालिका वडा न.६ वडाध्यक्ष नगर प्रवक्ता ओम बस्नेत , भिमदत्त नगर प्रमुख पदम बोगटी , वेदकोट नगर प्रमुख भोज राज बोहरा , शुक्लाफाटा नगर प्रमुख रण बहादुर महरा , कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझा र उप प्रमुख द्रोपती राना संग आगामी कार्य योजना र खेलकुद क्षेत्र बिकासका लागि बजेट विनियोजन सम्बन्धमा भेटघाट तथा छलफल कार्य सम्पन्न गरिएको जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाश चन्द्र गिरिले बताएका छन् ।May be an image of 4 people, people standing, wrist watch and indoor

उनका अनुसार , खेल क्षेत्र लाई विशेष महत्व का साथ आगामी कार्य योजना तथा बजेट मा समेट्ने र जिल्ला खेलकुद समिति कंचनपुर संग सधा सहकार्य गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ। खेलकुद गतिविधि लाई अगाडि बढाउनका लागि पालिकामा आवश्यक बजेट विनियोजन र जिल्ला खेलकुद विकासमा समन्वय र सहयोगका लागि भेटघाट गरि पत्र समेत बुझाएका छन् ।May be an image of 6 people, people sitting, people standing and indoor

पालिका प्रमुख / उपप्रमुखले भने ‘खेलाडीका लागि पहिला आवश्यक खेलमैदान बनाउनका लागि पहल कदमी अगाडि बढाउने र आगामी आर्थिक वर्षमा खेलाडीको हितमा रहेर बजेट विनियोजन गरि निरन्तर समग्र खेलकुद विकासमा लाग्ने समेत प्रतिबद्धता गरेका छन् ।May be an image of 2 people, people sitting, people standing and indoor

पालिकाहरुमा रहेका विद्यालयका लाई समन्वय गरेर राष्ट्रपति रनिङ सिल्डका लागि पहल कदमी समेत अगाडि बढाउनका लागि पालिका लाई समेत आग्रह गरेका छन् ।May be an image of 6 people and people standing

जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खडका, उपाध्यक्ष कैलाश चन्द गिरि, सदस्य बिष्नु जैसी महिला सदस्य दुर्गा देवी भट्ट, प्रशिक्षक प्रमुख बिमल खडायत, कार्यालय प्रमुख गोपाल दत्त भट्ट लगायतको टिमले स्थानिय तहका नवनिर्वाचित जनप्रतिनिधि संग भेटघाटगरी बधाई पनि दिएका छन ।May be an image of 6 people, people sitting, people standing and indoorMay be an image of 6 people, people sitting, people standing and indoorMay be an image of 7 people, people sitting and people standingMay be an image of 4 people, people standing and indoorMay be an image of 6 people, people standing, people sitting and indoorMay be an image of 3 people, people sitting, people standing and indoorMay be an image of 4 people, people standing and indoor


ताजा समाचार

spot_img