दोधारा । सरकारको चरम लापरवाहीको कारण अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा रहेको छ् । माहाकाली नगरपालिका वडा नं. १० को जगबुडा नदीको पारीको नेपाल–भारत सिमा स्तम्भ संग जोडिएको सीमा क्षेत्रमा अवस्थीतको अठार नम्वर पिललर बस्ती नदी कटानी देखि भारतियहरुको हेपाहा समस्या खेप्दै आएका छन् । जगबुडा नदीले उनिहरुको जग्गा कटान गरेर घर छेउ नदी पुग्न थालेपछि उनिहरु बिस्तापितको संघारमा रहेका छन् । वर्षामा बाढीको कारण उनिहरुलाई ज्यान जोगाउन गाहृो हुन्छ भने हिउदमा जग्गा कटानी गरेर हैरानी खेप्नु परेको बताएका छन् । अठार नम्वर पिल्लर बस्तीका एक स्थानिय डम्मरी ओलीको दुई बिघाह जग्गा नदीले उनको खेती योग्य जग्गा बगाईदिएपछि उनलाई खानाको समस्या ठुलो समस्या परेको छ् । उनि भन्छन् – ‘दुई बिघाह खेती योग्य जग्गा कटानी गरेर ३ कठ्ठा जग्गा बचेको छ्’ । यस पटकको हिउदे कटानीले उनि मात्रै हैन अठार नम्वर पिल्लर बस्तीका सबै किसान हैरान भएका छन् । अठार नम्वर पिल्लर बस्तीमा ९ घरधुरी रहेका छन् । उक्त बस्तीमा झण्डै २ सय बिघाह जग्गा रहेको स्थानिय डम्मरी ओलीले बताए । अन्य जग्गाधनीको घर जगबुडा नदीको वारी रहेको छ् ।


उनिहरु खेतीपाती गर्न मात्रै अठार नम्वर पिल्लर बस्तीमा जाने गरेका छन् । अठार नम्वर पिल्लर बस्तीमा बिस्तापित पछि बाँकी रहेका ९ घरधुरीको अवस्था दिन दिनै बिजोग बन्न थालेको छ् । अझै सम्म उनिहरुले बिद्युत्त सेवा समेत नपाएको पिडा उनिहरु संगै छ् । पक्की तटबन्ध निमार्ण नभए अठार नम्र पिल्लर बस्ती बिस्तापित हुने पक्का छ् । अठार नम्वर पिल्लर बस्ती बाहेक अन्य स्थानमा ९ घरपरिवारको जग्गा नभएको कारण सबै थोक छाडेर कहाँ जाने भन्ने चिन्ताले सताएको डम्मरी ओलीले बताएका छन् । बिगतमा दर्जनौ घरहरु रहेको यस बस्तीमा जगबुडा नदीले वर्षै पिच्छे जग्गा कटानी गर्न थालेपछि अहिले आएर ९ घरपरिवारमा करिब ४० जना परिवार अठार नम्वर पिल्लर बस्तीमा बसोबास गर्दै आएका छन् ।ककककक सिमा स्तम्भ संग जोडिएको जगबुडा नदीको पारीको बस्तीमा नेपाल सरकारको नागरिकता र एक झोलुङ्गे पुल बाहेक केही छैन् । उनिहरुको सबै थोकमा भारतिय बजार संग सम्बन्ध छ् । नानीहरुको पठन पाठन देखि लिएर गाँउ, बस्तीमा हुदै आएको झै झगडाको भएपछि भारतिय पञ्चायतमा उनिहरु धाउने गर्दछन् । यस वर्ष जगबुडा नदीले २ बिघाह खेतीयोग्य जग्गा जगबुडा नदीले काट्न थालेपछि उनिहरु थप त्रसित बनेका छन् । ‘जगबुडा नदीले अझै जग्गा कटानी गर्दै आएको छ्’ अर्का स्थानिय ओंम सिंह भाटले भने– ‘नेपाल सरकारले यसरीनै बस्ती नहेर्ने हो भने केही वर्षमै बस्ती छाडेर भाग्नु पर्ने हो ।’ उनका अनुसार जगबुडा नदीले जग्गा कटान गर्दै घर छेउ पुगाउन थालेको छ् । केही दिन अघि मात्रै नवनिर्वाचित जनप्रतिनिधीहरुले बस्तीको स्थलगत अनुगमन समेत गरेको उनले बताए । जगबुडा नदी नियन्त्रणको लागी जैविक तटबन्ध बनाउने कुनै औचित्य नरहेको स्थानिय ओंम सिंह भाटले बताए ।


बिगतका दिनहरुमा एक गैरसरकारी संस्थाले जगबुडा नदी नियन्त्रणको लागी निमार्ण गरेको जैविक तटबन्ध वर्षाको एकै भेलले बगार लगेको उनको भनाई रहेको छ् । बस्ती जोगाउनको लागी पक्की तटबन्धको लागी गुरुयोजना थाल्नु पर्ने उनिहरुको भनाई रहेको छ् । जगबुडा नदी कटानी गर्दै उनिहरुको बस्ती तिर सोझिन थालेपछि वर्षयाममा उनिहरुलाई रातको निन्द्रनै हरायर जान्छ् । नदीको समस्या तथा भारतिय सुरक्षाकर्मीको त्राशद्धीका कारण केही महिना अघि मात्रै वान सिंह भाटका ९ परिवार बिस्तापित भएर भिमदत्तको पिपरैया बसाई सरेको छ् । नदी र सिमा क्षेत्रमा हुने भारतिय ज्यादतीले थुप्रै घरपरिवार बिगतका दिनहरुमा पलायन भएर अन्यत्र बसाई सरेका छन् । ‘अब जगबुडा नदी घर पुग्न थाल्यो हामी यस वर्षायाममा घर छाड्नु पर्ने भएको छ्’ माया देबी सुनारले भने– ‘सरकारले यो सानो बस्तीको बारे सोचेनन्’ । माया देबी सुनारका अनुसार रकम हुनेवाला अन्य स्थानमा बसाई सरेपनि गरिबहरुले उक्त स्थान छाड्न नसक्ने बाध्य भएको छन् । ‘अब आफुहरु कहाँ जाने निकै पिरलो परेको छ्’ अजमेर सिंह भाटले भने– ‘आफुहरुले घर छाडेर अन्यत्र गएमा भारतियहरुले आफ्नो जग्गा अतिक्रमण गर्ने त्यत्तीकै डर छ् ।’ सरकारले समयमै अठार नम्वर पिल्लर बस्तीको नदी नियन्त्रण तथा देखरेख गर्न सके बस्तीलाई जोगाउन सकिने स्थानियहरुको भनाई रहेको छ् । भारतियहरुको हातमा रहेको जगबुडा नदी जुनसुकै बेलापनि नदीको पानी खोलेर वर्षा तथा हिउदयाममा बर्सेनी हुने नदी कटान संगैको डुबानको समस्या विकराल हुदै जादा नदी आसपासका जग्गा समेत बालुवामय हुने गरेको छ् । बस्तीमा आवागमन गर्न प्रदेश सरकारल झोलुङ्गे पुल निमाणृ गरेपनि वर्षायाममा सम्पर्क बिच्छेद हुने अठार नम्वर पिल्लर बस्तीमा सिमाको रेखदेख लागी पनि बस्ती आवश्यक रहेको जानकारहरु बताउछन् । नेपाल–भारत सिमा संग गाँसिएको बस्ती भएको कारण उनिहरुको घरमै भारतिय सिमा सुरक्षा बल (एसएसबी) बन्दुक काँधमा राखेर पानी खान आउछन् । सिमा संग गाँसिएर भारतियहरुको मेलजोलमा बस्दै आएका अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुको भारतियहरुले गरेको ज्यादतीको बारेमा पिडा पोख्न सक्दैनन् । आफ्नो समस्या लुकाएर बस्दै आएको अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुले नेपाल सरकारबाट कुनै प्रकारको सेवा सुबिधा पाउन सकेका छैनन् । आँगन छेउमा पिल्लर पारी भारतिय बस्तीमा झलमल बिद्युत बलेका हुन्छ् । तर अठार नम्वर पिल्लर बस्ती टुकीको सहाराबाट रात काट्नु बाध्यता रहेको छ् ।







