सुदूरपश्चिम समाजद्धारा कर्मचारी लाई सम्मान


कञ्चनपुर : सुदूरपश्चिम समाज धनगढीले कर्मचारी लाई सम्मान गरेको छ।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकारका लागि वकालत गर्दै निरन्तर अग्रसर रहदै आएको अग्रणी गैरसरकारी संस्था सुदूरपश्चिम समाजले अक्टोबर -२०२१ देखि मार्च,२०२२ सम्मको ६ महिनाको अवधिमा उत्कृष्ट कार्य गर्ने कर्मचारी धनबहादुर चौधरी ,भगतराम चौधरी र जगत भण्डारी लाई कार्यक्रम संयोजक राजु लामा लगायत संस्थाका पदाधिकारीले सम्मान गरेको हो। कार्यको कदर गर्दै सम्मान स्वरुप प्रदान गरिएको सम्मान पत्रमा कार्यक्रम संयोजक राजु लामा सुदूरपश्चिम समाजका अध्यक्ष चिन्तामणी नेपालको हस्ताक्षर रहेको छ।

संस्थाले कर्मचारी लाई प्रोत्साहन र हौसला प्रधान गर्नका लागि निरन्तर ‘अथक प्रयास कठोर परिश्रम ,संगै राम्रो सफलता ‘ जुन निरन्तर कर्मचारीको कार्यलाई मध्यनजर गर्दै मुल्यांकन का आधारमा उत्कृष्ट तीन जना कर्मचारी लाई सम्मान गरेको कार्यक्रम संयोजक राजु लामाले बताउनु भयो। आगामी दिनमा पनि सफलता हात पार्नका लागि र निरन्तर कार्यसफलताको समेत उनिहरु लगायत सम्पुर्ण कार्यरत कर्मचारी लाई समेत शुभकामना दिनु भयो।

सम्मानित एक कर्मचारीले भने , ‘आफुले गरेको कामको सुक्ष्म तरिकाले मुल्यांकन गरि म लगाय लाई आज कार्य सम्पादनका आधारमा कदर स्वरुप सम्मानित हुँदा धेरै खुसी समेत भएका छौँ ,आगामी दिनमा पनि लगनशील भएर आफ्नो कार्यमा तल्लीन रहने कर्मचारी धनबहादुर चौधरीले बताए।’ उनले आफु लगायत लाई सम्मान गर्नु भएकोमा सुदूरपश्चिम समाजको सिंगो परिवार लगायत आफू भन्दा सिनियर कर्मचारी सर/ मडम लाई समेत धन्यवाद दिनु भयो। सम्मानित हुने उनी तिनै जना सुदूरपश्चिम समाजमा कार्यरत कर्मचारी हुन।


ताजा समाचार

spot_img