दोधारा चाँदनीको सिमा बस्तीमा भारतिय दादागिरी ब्रेक


पप्पु गुरुङ्ग । 
हाम्रो देश नेपाल स्वतन्त्र र सार्वभौम देश हो सारा संसारलाई थाहा छ् । न कहिले कसैको अधिनमा बस्यो न, कसै संग घुडा टेक्यो कहिले कसै सामु आफू कमजोर भएन बरु देखायो शाहास र जित्यो अंग्रेजलाई एक्लो बहादुर बन्यो र लखेट्यो बैरिलाई ईतिहास साक्षी छ । परतन्त्र हामीलाई मन पर्दैन नेपाली स्वतन्त्र आज छ, र भोली पनि हुने छ् । शान संग लडे बहादुर हाम्रा पुर्खाले र हाम्रो अस्तित्व जस्ताको त्यस्तै बचाई राखे आफ्ना सन्ततिको लागी । आज त्यही भएर गर्वले भन्छौं हामी बीर गोर्खाली तर दिन प्रतिदिन भारतले नेपाललाइ विभिन्न बहानामा हेपि रहेको छ् । कहिले नाकाबन्दी गरेर कहिले भारतमा भएका काम गर्न गएका नेपालीलाई तर्साएर । कहिले सम्झौताको बहानामा विभिन्न सन्धी अनि आफ्नो स्वार्थ मात्र हेरेको छ भारतले । एउटा छिमेकीले सकारात्मक सोच्नु पर्छ । सधै छिमेकी संग राम्रो समधुर सम्बन्ध बनाई राख्नु पर्ने हो । छिमेकी संगको सम्बन्ध बिग्रनु भनेको आफ्नै देशमा अस्थिरता छाउनु हो । ठूलो माछाले सानोलाई सताए जस्तो गर्न कसैले हुदैन् । भारतले बारम्बार विभिन्न बहानामा हामीलाई हेपि रहेको छ् । भारतले नेपालको सिमामा थिचोमिचो गर्दै आइरहेको छ् । सिमाका नेपालीलाई दिनहु बिविध बहानामा दुख सास्ती भोग्दै आएका छ्न् । यस्तै दोधारा चाँदनी नगरपालिकाका बिभिन्न स्थानमा जग्गा अतिक्रमण गर्न खोज्ने भारतको नियती बनेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ मा केही महिना अघि मात्रै जग्गा बिबाद साम्य नहुदै वडा नं. ३ को जामुनाघारीमा बृक्षरोपण गर्ने प्रयास गरि हाम्रो झण्डै ५ बिघाह हडप्न खोज्नु भारतिय बिस्तारबादको असली रुप हो । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जामुनाघारी स्थित नेपाल–भारत सिमा स्तम्भ नं. १४ नजिक भारतियहरुले बृक्षरोपणको लागी तारवार गर्ने क्रममा नेपाली भुमीमा बृक्षरोपण कार्य अघि बढाएपछि स्थानिय, सशस्त्र प्रहरी तथा जनप्रतिनिधीहरुले रोकेका छन् । उनिहरुले बृक्षरोपणको लागी तारवार गर्न लगाईएका पोल समेत सशस्त्र प्रहरीले उखालेर फालेको छ् । भारतिय बन बिभागले उक्त आफ्नो क्षेत्रमा झण्डै २ सय बिघाह चरिचरन क्षेत्रमा बृक्षरोपण कार्य गर्न लागेको हो । भारतिय पक्षहरुले झण्डै ५ बिघाह नेपाली चरिचरन क्षेत्र आफ्नो बताउदै बृक्षरोपण गर्न थालेपछि स्थानियहरु तथा जनप्रतिनिधीको बिरोधका बाबजुत नेपाली भुमी जग्गामा तारवार गर्ने कार्य रोकिएको छ् । सिमा स्तम्भ भन्दा १ किलोमिटर भित्र रहेको नेपाली बिद्यालयलाई पनि भारतियहरुले आफ्नो बिद्यालय भन्न चुकेका छैनन् । भारतियहरुको हिसावबाट सिमा क्षेत्र फड्काउने हो भने नेपाली भुमीमा रहेका दर्जर्नौ घर र बिद्यालयहरुले भारतियहरुको हुने छ् । सिमा क्षेत्रमा एकतर्फी अतिक्रमण गर्न खोज्नु भारतको नियती प्रष्ट देखिएको छ् । जामुनाघारीको नेपाली भूमिलाई अतिक्रण गर्न खोजको कुरा अहिले आएर दिन प्रतिदिन मिडियामै आएका छन् । दोधारा चाँदनी नगरपालिकामा बेलाबखत जग्गा अतिक्रमण गर्न खोज्ने भारतियहरुको एक उदाहरण मात्रै हो । भारतको हेपाहा प्रबृत्ति एक घातक जहरिलो सोच हो । भारतले आफुले जे गरेपनी हुन्छ भन्ने सोचमा छ् । नेपाल–भारत सन्धीमा समान तरिकाले आवतजावत गर्न पाउने उल्लेख गरिएको छ् । यो भनेको खुल्ला सिमाना हैन् । सिमाना खुल्ला, बन्द र नियमन गरी तीन प्रकारका हुन्छन् । तर, भारत संगको सिमाना त छर्लङ्ग खुल्ला छ् । खुल्ला सिमानाको असर सीमा क्षेत्रका बासिन्दाको दैनिकीमा पूरा परेको छ् । अर्को तर्फ, मुलुकको अर्थतन्त्र र अन्य क्षेत्रमा पनि खुल्ला सिमानाका असर देखिन्छन् । बिभिन्न घटना क्रम र अस्थिर अवस्था भारतकै उपज हो । एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न भनिएको हाम्रो देशलाई भारतले गुलाम बनाउन खोज्नु बाहेक केह िहैन् । यो एउटा गंभीर महत्वपुर्ण प्रश्न हो । यसको एक मात्र सही उत्तर छ, त्यो हो राणा प्रधानमन्त्री जंग बहादुर राणा देखि हाल सम्मका नेपालका शासकहरु बृटिश भारत र स्वतन्त्र भारतको चम्चा बनेर लम्पसार पर्दै आत्मसमर्पण गर्दै आएका कारण भारतले नेपाललाई हेप्दै आएको छ् । विक्रम संवत १९०३ साल कोतपर्वबाट जंग बहादुर राणा वृटिश भारतको डिजाईन र आसिरवादले नेपालको प्रधानमन्त्री भएका थिए । त्यस यता यो १७१ वर्षको अन्तराल सम्म नेपालका शासकहरु खास गरि प्रधानमन्त्री भारती शासकहरुको आशीर्वाद र सहयोगले प्रधानमन्त्री र नेपालका शासक बन्दै आएका कारण उनीहरुले भारतीय शासक वर्गको सेवा चाकरी गर्दै आएका छन् । भारतले आजीवन प्रधानमन्त्री बनाई दिने, नेपालको शासक बनाई दिने लोभ, प्रलोभन देखाएर सत्तामा जाने र टिकाई दिने झुठो प्रलोभन भारतले त्यसो गरेर वापत नेपालका शासकहरुले नेपालका नदी नालाहरु भारतलाई सुम्पदै आएको जस्तो देखिदै आएको छ् । भारतले नेपाललाई भन्ने प्रश्नको सटिक उत्तर के हो भने हाल सम्मका शासकहरु भारतीय शासक वर्गका दास, नोकर, चाकर, बफादार सिपाही, नालायक, निकम्मा, देश वेचुवा, पानी वेचुवा भएकै कारण भारतले नेपाललाई हेप्दै आएको तथ्यलाई कसैले पनि भुल्नु हुदैन् । सत्तामा पुग्न र टिकिरहन निम्ती वैदेशिक शक्तिको सामु चाकडी गर्नु प्रत्येक परिवर्तनमा भारतको रवैया अझ धेरै हुनु जंगे स्तम्भ राता–रात गायब गरि आफ्नो भुमी बनाएका घटनाहरु थुप्रै छ्न् । वास्तबमा नेपालका लागी भारत कुनै मानेमा पनि असल मित्र बन्न सकेको छैन् । मात्र भारतको गिद्दे नजर हाम्रा नदि नाला, बन जंगल र प्राकृतिक सम्पदामा छ् । कयौ पटक हाम्रा देशका राजनेता भनाउदाले देशको चाँबी दिल्लीमा छ् भनेर भाषण गरेको सुनिन्छ् । के हामी भारतका गुलाम होउ त ? के हामी भारतकै ईसारामा नाच्ने होउ त ? के हामी सधै सहेर बसि रहने हो त ? नेताको कुर्सी बचाउन उनिहरु बोल्दैनन् भने केही छैन् । हामी आफ्नो आमाको अस्मितालाई खुलेआम नङ्याउन खोज्नेका बिरुद्धमा सबै तह तप्काबाट लाग्न जरुरी छ् । आफ्नो स्वाधीनता बचाउन हामी सबै एक जुट हुनु पर्छ र आफ्नो अस्तित्वको लागि लडाईनै हुन्छ, भने हामी ज्यानको आहुती दिन तयार हुनु पर्छ् । हामी भारतले अतिक्रमण गरेको सम्पुर्ण जमिन फिर्ता गराउन राजनीति भन्दा माथी उठि राष्ट्र बचाउ अभियानमा लाग्नु पर्छ् । भारतले यसरी सजिलै हजारौ बिघाहा जमिन सजिलै लुट्दै लगेको छ् । सबैलाई थाहा छ् तर किन मौन बस्छ्न् कारण यौटै हो सत्ता मोह । हाम्रा नेताको सम्पुर्ण चुनावी खर्च भारतले गर्दिन्छ् । अनि एक मियो जस्तो बनी रहेको हुन्छ् किन नहेपोस हामीलाई । अब कुनै दलको पुच्छर समाई अगाडी हिड्नु भन्दा आमाको ईज्जत बचाउन टाउकोमा कफन बाँधेर शंख फुक्दै एक बिगुल बजाउदै युद्ध गित गाउदै अगाडी बढ्न तयार भएर बस्ने बेला आएको छ् ।


ताजा समाचार

spot_img