दोधारा । जनज्योती माध्यमिक बिद्यालयले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान तथा बधाई दिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ स्थित रहेको जनज्योती माध्यमिक बिद्यालयले आज एक कार्यक्रमको आयोजन गरि दोधारा चाँदनीको स्थानिय तहको नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको जनज्योती माध्यमिक बिद्यालयका शिक्षक होम बहादुर थापा मगरले जनाएका छन् । सम्मान तथा बधाई कार्यक्रममा दोधारा चाँदनी नगर प्रमुख किशोर कुमार लिम्बु, नगर उपप्रमुख गंगा देवी जोशी, वडाध्यक्षः ओमप्रकाश रोकाया, गोपीलाल कडेल, वडा सदस्य कमला उपाध्याय, जनज्योती माध्यमिक बिद्यालय बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष करन मगर, बिद्यालयका प्रधानध्यापक अमर बहादुर बिक लगाएत अभिभावकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बिद्यालयको शैक्षिक गुणस्तर बढाउन आफुहरुले सहयोग गर्ने बताएका छन् । आफु पनि शैक्षिक क्षेत्रबाट आएको हुदा शैक्षिक क्षेत्रको बिकासको लागी लाग्नु पर्ने नगरप्रमुख लिम्बुले बताएका छन् । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधीको कार्यकालको शुभकामना समेत दिईएको दोधारा चाँदनी नगरपालिका कवडा नं. ७ का वडा सदस्य कमला उपाध्यायले बताएका छन् ।







