भारतियहरुले नेपाली भुमी अतिक्रमण गर्ने प्रयास गरेको जामुनाघारीमा काग्रेंसको स्थलगत अनुगमन


दोधारा । दोधारा चाँदनीको जामुनाघारीमा भारतिय पक्षले जग्गा अतिक्रमण गर्ने प्रयास गरेको सिमा क्षेत्रमा नेपाली काग्रेंसले आज स्थालगत अनुगमन गरेको छ् । नेपाली काग्रेंस दोधारा चाँदनी नगर कार्यसमिति सम्मलित एक टोलीले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जामुनाघारी नजिक नेपाल–भारत सिमा क्षेत्रका स्थालगत अनुगमन गरेको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले जानकारी दिएका छन् । अनुगमनमा नेपाली काग्रेंस प्रदेश सह–महामन्त्री गोपाल दत्त भट्ट, नेपाली काग्रेंस महाधिबेशन प्रतिनिधी बेल बहादुर राना, जिल्ला कार्यसमिति सह–सचिव नाफु सिंह साँउद, नेपाली काग्रेंस जिल्ला सदस्य धनसरा चन्द, मथुरा पन्त, नगर सभापती राजेन्द्र मल्ल लगाएत टोली रहेका थिए । स्थलगत अनुगमनमा स्थानियहरु तथा सुरक्षाकर्मीहरु संग अतिक्रमण प्रयास भएको जग्गा बारेमा जानकारी लिएका थिए । गएको बुधवार नेपाल–भारत सिमा स्तम्भ नं. १४ नजिक भारतियहरुले बृक्षरोपण गर्ने क्रममा नेपाली भुमीमा बृक्षरोपण कार्य अघि बढाएपछि स्थानिय, सशस्त्र प्रहरी तथा जनप्रतिनिधीहरुले बिरोध जानउदै रोकेका थिए । भारतिय पक्षहरुले आफ्नो भु–भाग भन्दै झण्डै ५ बिघाह नेपाली जग्गामा बृक्षरोपण गर्न तारवारको लागी खम्बा गाडेपछि बिबाद श्रजना भएको थियो । स्थानिय तथा सशस्त्र प्रहरीले नेपाली भुभागमा गाँडिएको खम्बा उखेलेर फ्याकिदिएका थिए । नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्लले भारतियहरुको बिस्तारबादी प्रबृती रहेको हुदा नेपाली काग्रेंसले जग्गा अतिक्रमण रोक्न पहल गर्ने बताएका छन् ।


ताजा समाचार

spot_img