दोधारा चाँदनीका जनप्रतिनिधीको जिम्मेवारी बाडफाँड : नगर प्रबक्तामा ओंम बस्नेत


दोधारा । दोधारा चाँदनी नगरपालिकाको नगर प्रबक्तामा ओंम बस्नेत चयन भएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकले दोधारा चाँदनी– ६ का वडाध्यक्ष ओंम बस्नेतलाई नगर फ्रबक्तामा चयन गरेको हो । बिगतकामा एक सशत्त बिद्यार्थी नेताको रुपमा परिचित हुदै आएका वडाध्यक्ष बस्नेतले नगर प्रबक्ता जस्तो गरिमामय पदलाई गम्भिरता साथ लिएर काम गनैउ बताएका छन् । यस्तै आजको दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकले बिद्यान समितिको संयोजकमा दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरि सिंह धनाडी र सदस्यमा दिपक सिंह महता, लोकेन्द्र बहादुर चन्द चय गरेको छ् । लेखा समितिमा वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकाया र सदस्यमा दिनेश थापा मगर, संदिप उपाध्याय चयन भएका छन् । यस्तै न्यायीक समितिका संयोजकमा दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा जोशी र सदस्यमा कमला उपाध्याय, सिता बिष्ट रहेका छन् । आर्थिक तथा बिकास समितिको संयोजकमा वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री र सदस्यमा वडा नं. ९ का वडाध्यक्ष गोपीलाल कडेंल, मिना धामी रहेका छन् । सामाजिक बिकास समितिको संयोजकमा वडा नं. ८ का वडाध्यक्ष ओंमप्रकाश रोकाया र सदस्यमा वडा नं. ६ का वडाध्यक्ष ओंम बस्नेत, वडा नं. २ का वडाध्यक्ष पदम सिंह रावल चयन गरेको छ् । पुर्वाधार बिकास समितिका संयोजकमा वडा नं. १ का वडाध्यक्ष बिक्रम चन्द र सदस्यमा गिता मिजार (कुमाल), मानमती भट्ट रहेका छन् । यस्तै बाताबरण तथा बिपद् ब्यवस्थापन समितिको संयोजकमा पदम सिंह रावल र सदस्यमा टिकाराम सार्की, लक्ष्मी राना क्षेत्री रहेका छन् । संस्थागत बिकास तथा सुशासन समितिको संयोजकमा वडा नं. ५ का वडाध्यक्ष केशव खत्री र सदस्यमा सेते सुनार, पार्वती सुनार चयन भएका हुन् ।


ताजा समाचार

spot_img