दोधारा । भारतिय एक नागरिकले झुक्काएर भारत तर्फ लग्दै गरेका एक किशोरीको बाबाथान प्रहरी चौकी र माईती नेपालले उद्धार गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित रहेको बाबाथान प्रहरी चौकीका ईन्चार्ज कृष्ण दत्त भट्टको कमाण्डमा गएको टोली र माईती नेपाल कञ्चनपुरको सयुक्त टोलीले दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोज नजिक नेपाल–भारत सिमा स्तम्भ ७९८ बिपी १५ दशगजा क्षेत्रमा शुक्लाफाँटा नगरपालिका वडा नं. १० बस्ने वर्ष अन्ताजी १९ का रमिता रतौकी (नाउ परिवर्तन गरिएको) लाई झुक्काएर भारत लग्दै गरेको अवस्थामा उद्धार गरिएको छ् । रमितालाई झुक्काएर भारत लग्न लागेका ग्राम बलरामपुर, पोष्ट जितौरिया, पुरनपुर, पिलिभित उत्तर प्रदेश भारत निवासी वर्ष २९ को पवन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ् । रमिता आफु कञ्चनपुरको डोकेबजारको एक होटेलमा काम गर्दै आएको र भारतिय नागरिक पवनले होटेलमा दिनु पर्ने रकम रु. ४ हजार लिन आफु संग पठाईदिन होटेलका मालिक आग्रह गरेको रमिताले बताएका छ् । ‘मालिकले मलाई पैसा लिएर जाउ भने, महेन्द्रनगर सम्म जाऔं, त्यही बैंकबाट पैसा निकालेर दिउला भनेर महेन्द्रनगर सम्म ल्याए । मलाई थाहै भएन् । म पहिले कहिले यता आईन्’ रमिताले भनिन् । आफुलाई भारत लग्न लागेको बिषयमा आफु अनबिज्ञ रहेको रमिताले बताईन् । ‘मलाई भारत लग्न लागेको बिषयमा मलाई थाहै भएन्’ रमिताले भनिन् । दुबै जनाले झुट बोलेको हुनसक्ने समेत आंकलन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका नेपाल–भारत सिमा क्षेत्र खुला सिमा क्षेत्र रहेको कारण दलालहरुलाई मानव ओसार पसार गर्न सहज हुदै आएको छ् । माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले सुचनाको आधारमा बाबाथान प्रहरी चौकीका ईन्चार्ज कृष्ण दत्त भट्ट संग समन्वय गरि दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोजको दशगजा क्षेत्रबाट झुक्काएर भारत लग्न लागेको अवस्थामा किशोरीलाई उद्धार गरिएको बताएका छन् । ‘सुचनाको आधारमा नेपाल प्रहरी संग समन्वय गरि किशोरीको उद्धार गरेका हौं’ माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भने । दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत खुला सिमा क्षेत्रमा थुप्रै बाटोहरु भएको कारण समेत दलालहरुलाई मानव तस्करीमा सहजता भएको उनको भनाई रहेको छ् । हरेक बर्ष दलालहरुले नयाँ नयाँ तरिका अपनाएर चेलीलाई सिमा कटाउने भएकोले मानव बेचबिखन नियन्त्रणमा समस्या हुने गरेको माईती नेपाल कञ्चनपुरले बताएको छ् । ‘पहिले नपढेकाहरु मात्रै बेचबिखनमा पर्ने गर्थे । अहिले बढी जसो पढे लेखेका महिला तथा वालिकाहरु रोजगारी तथा बिभिन्न प्रलोभनमा बेचिने गरेका छन’ माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भने, ‘बढी महत्वकांक्षी भएका महिलाहरु छिटैनै धनी हुने लोभमा बेचविखनमा पर्ने गरेका देखिएको छ् ।’







