दोधारा । दोधारा चाँदनी नगरपालिकामा पछिल्लो समय आएर छाडा चौपायाको समस्या बढ्दो छ् । सामुदायिक पशु चौपायानै स्थानीय तहका लागि व्यवस्थापन गर्न चुनौति भएको छ् । दोधारा चाँदनी नगरपालिकाको प्रमुख समस्याकोरुपमा छाडा चौपायानै रहेको छ् । स्थानिय निर्वाचनमा छाडा चौपाया नियन्त्रण दलहरुको प्रमुख एजेण्डा रहेको थियो । छाडा चौपायाले किसानहरुले धानको बिउ तथा मकै लगाउने समयमा निकै सास्ती दिएको छ् । सडक, बजार क्षेत्रमा बथानमा हुने छाडा चौपायाले बजार व्यवस्थापनमा समेत समस्या निम्त्याएको छ् । सडकमा हुने छाडा चौपायाले दुर्घटनाहरु समेत हुने गरेका छन् भने किसानहरुले लगाएका अन्नवाली राती र दिउसो खाएर नष्ट गरि भोकमरीको समस्या निम्त्याउने सम्भावनाहरु आउन थालेका छन् । छाडा चौपाया व्यवस्थापनमा स्थानीय तहले ध्यान दिएको भएपनि ब्यवस्थापनामा ठोस रणनिती तयार भईसकेको भने छैन् । छाडा चौपाया स्थानीय तहका लागि टाउको दुखाईको विषय पक्कै बन्दै आएको छ् । अहिले दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधीको प्रमुख समस्याको रुपमा छाडा चौपाया ब्यवस्थापननै रहेको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले छाडा चौपाया ब्यवस्थापनको लागी दिर्घकालिन तथा अल्पकालिन ब्यवस्थापन गर्न आफुहरु लागेको बताएका छन् । एक स्थानीय तहबाट अर्को स्थानीय तहको क्षेत्र तथा दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत खुला सिमा क्षेत्रमा रातारात चौपाया आउने गरेका छन् । यस्ता कार्यले स्थानीय तहमा चौपाया व्यवस्थापनको चुनौति त थपिएका छ् । उपयोग विहिन भएपछि चौपाया जथाभावी छाड्ने प्रवृति नगर क्षेत्रमा ब्याप्त बढेको छ् । जोत्न नसक्ने गोरु र दुध दिन छाडेपछि गाईलाई कसैले थाहा नपाउने गरी बाटोमा ल्याएर छोडिदिने प्रवृति बढ्दै जाँदा छाडा चौपायाको समस्या पनि बढ्दो छ् । गाई गोरु सडकमा छोडिदिने सडक देखि खेत सम्म चौपाया बढेको–बढ्यै छन् । छाडा चौपायाकै कारण नगरपालिकाका स्थानियहरु रात भरी छाडा चौपाया धपाउनमा रात बिताउने गरेका छन् भने बजार क्षेत्र कुरुप बन्दै गइरहेका छन् । बजारमा यत्रतत्र हिडडुल गर्ने छाडा चौपाया र तिनले गर्ने फोहोरका कारण नगर सौन्दर्य बिग्रीएको छ् । स्थानीय बासिन्दालाई हिडडुल गर्न र खेतीपाती जोगाउन हैरान हुन थालेको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा अहिले कति छाडा चौपाया छन् भन्ने तथ्यांक कुनै निकाय संग छैन् । तर छाडा छोड्ने क्रम नरोकिएकोले संख्या दिनहु बढिरहेको छ् । आधी जती चौपाया शुक्लाफाँटा क्षेत्रमा महाकाली नदीको कारण उतै छन् । ती पनि नदीको बहाव कम हुने बित्तिकै नगर क्षेत्रमा भित्रिने हुन् । सामुदायिक र संरक्षित वनको अवधारणा आए संगै बस्तु भाउको चरीचरन क्षेत्र खुम्चिएको छ् । घाँसपात काट्ने पर्याप्त स्थान छैन् । सामुदायिक वन संरक्षण ऐन र सामुदायिक वन संरक्षण नियमावली कार्यान्वयनमा आएपछि स्थानीयलाई वन जंगलमा पशु चराउन अनुमति छैन् । अर्को तर्फ कृषि प्रयोजनमा विभिन्न आधुनिक उपकरणहरुको प्रयोग बढेपछि किसानले पालेका गोरु बेकामे जस्तै भएका छन् । खेत जोत्न गोरु, राँगाको सट्टा ट्रयाक्टर, पावर ट्रिलर, हाते ट्रयाक्टर जस्ता आधुनिक उपकरण तर्फ किसानको ध्यान तानिएको छ् । हिजो आज धान, गहु, काट्न रिपर र कम्पेन र दाईका लागी थ्रेसर प्रयोग गर्छन् । चाहिएको बेलामा उपकरण उपलब्ध हुने हुदा गोरु पाल्ने, किन्ने ग्राहक पनि पाईदैन् । केही वर्ष पहिले सम्म छाडा चौपाया भारतमा निकासी हुन्थे । नगरपालिको सिमा क्षेत्रबाट लर्को लागेर चौपाया ब्यापारीहरुले भारत निकासा गर्थे । त्यत्तीञ्जेल चौपायाको किमत निकै महंगीएको थियो । अहिले भारत निकासी पनि रोकिएको छ् । छाडा चौपाया सडक दुर्घटनाको प्रमुख कारक पनि बन्न थालेका छन् । नगरपालिका कार्यालयले एक स्थानिय ब्यवसायी जोगेन्द्र भण्डारी संग सहकार्य गरि केही वर्ष अघि ईन्द्रा मध्यवर्ती सामुदायिक बन क्षेत्रमा आधुनिक गौशाला निमार्ण गर्न थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले निमार्ण कार्यमा रोक लगाएपछि नगरपालिकामा आधुनिक गौशाला तुहिएको हो । स्थानिय तहले छाडा चौपाया ब्यवस्थापनको नाउमा केही दिन सम्म काँडे तारमा चौपाया राख्ने, पराल तथा पानी खुवाउने कार्य गर्दै आएको हो । नगरपालिकाले बिनियोजित रकम सक्किएपछि काँडे तारबाट छाडा चौपायालाई बिगतका दिनहरुमा छाड्ने कार्य मात्रै भएको हो । यसरी दुध खाएर काम नलाग्ने भएर छोडिएका सामुदायिक पशु चौपाया स्थानीय तहका लागी टाउको दुखाई भएका छन् । स्थानीय तहका लागि समस्या सिर्जना गर्ने ब्यक्तीहरुको पहिचान गर्न सक्नु पर्छ । यसलाई नियन्त्रण गर्नका लागि स्थानीय तहले कडा कानुन निर्माण गर्नु पर्छ । छाडा चौपायाको समस्या कम गर्न जथाभावी छाडा चौपाया छाड्न नदिने र छाड्नेलाई दण्ड जरिवाना गर्ने व्यवस्था स्थानीय तहले गर्नुपर्छ । स्मार्ट सिटी र ब्यवस्थित र सुन्दर नगरको अवधारण बिभिन्न स्थानीय तहले ल्याएको छ् । उक्त अवधारणा पुरा गर्न छाडा चौपाया, जथाभावी गरिने पार्किङ्ग, अब्यवस्थित शहरको संरचनालाई तत्काल सुधार गर्नुपर्छ । स्थानिय तहलेनै निश्चित मापदण्ड बनाएर नीतिगत रुपमानै नगरलाई ब्यस्थापन गर्न जरुरी छ् । स्मार्ट सिटी र ब्यवस्थित र सुन्दर नगरको अवधारण अन्तर्गत छाडा चौपाया ब्यवस्थापन, सो अवधारणा अन्तर्गत पर्छ । स्थानीय तहले छाडा चौपाया ब्यवस्थापन कार्यमा खासै ध्यान दिएको देखिएको छैन । छापा चौपाया ब्यवस्थापन गर्ने घोषणा गरेको लामो समय बितिसक्दा पनि नगरका छाडा पशु व्यवस्थित हुन नसक्नुले स्थानीय तहले योजना ल्याउने तर कार्यान्वयन नगर्ने आचारणको विकास भएको हो कि भन्ने अवस्था आउनु राम्रो होईन् । छाडा चौपाया ब्यवस्थापनको लागी नगरपालिकाले छाडा चौपायाहरु ब्यवस्थापन गर्न काँञ्जी हाउसहरु निर्माण, आधुनिक गौशाला स्थापना गर्नु जरुरी छ् । छाडा चौपाया ब्यवस्थापन गर्ने कार्यमा स्थानीय सरकार चुकेको हो कि ?







