पुर्व सहायक प्रहरी निरिक्षक सिंह बने दोधारा चाँदनी– १० का वडाध्यक्ष


दोधारा । झण्डै दुई दशक नेपाल प्रहरीमा सेवा गरेका एक पुर्व प्रहरी दोधारा चाँदनीमा जनप्रतिनिधी बनेका छन् । पुर्व प्रहरी चन्द्र बहादुर सिंह दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष बनेका हुन । सिहले ०४९ देखि ०६८ सम्म नेपाल प्रहरीमा जागिर गरेका थिए । सहायक प्रहरी निरिक्षकबाट सेवा निवृत भएका सिंह गत बैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा चुनाव लडेका थिए । सिंहलेनै दोधारा चाँदनीमा कांग्रेसको शाख जोगाईदिएका छन् । जागिरको सिलसिलामा दार्चुला, बैतडी, बाजुरा, कैलाली कञ्चनपुर, काठमाण्डौं सहितका क्षेत्रमा काम गरेका सिंहले वडाध्यक्ष बने संगै उताको अनुभव जनप्रतिनिधीमा लगाउने बताए । ‘प्रहरीमा हुदा जनताकै लागि पुरै अनुशासन पुर्वक काम गरेका थियौं, ‘उनले भने, ‘अहिले वडाध्यक्षमा निर्वाचित भएर जनताको काम गर्नेछु ।’ प्रहरीमा कानुनको कडाई पुर्वक लागु गरेर काम गरेपनि अहिले जनप्रतिनिधी भएपछि केही पक्ष व्यवहारिक मिलाएर जनसेवाका साथै वडाको विकास गर्ने सिहले बताए ।

 


ताजा समाचार

spot_img