दोधारा । गएको स्थानिय सरकारले थोरै भएपनि बडवाल टोलका बादी घरपरिवारको जग्गा फिर्ता गरिदियो । थोरै जग्गा पाएका दोधारा चाँदनी नगरपालिकाका– ३ का बादी घरपरिवारको खाना र बस्नको निकै सकस छ् । खाना र बसनको समस्याका कारण उनिहरु भारतमा ज्याला मजुरी गर्न अझै बाध्य भएका छन् । गाँउ घरमा गरेको ज्याला मजुरीले बादी परिवारलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । गाँउ बस्तीमा नाच गाना गरेर माग्दा समेत नपाउृने गरेपछि बडवाल टोलको बादी घरपरिवारलाई दैनिक गुजारा चलाउन समेत निकै समस्या पर्दै आएको बादी परिवारका अगुवा बिरमाने बादीले बताए । प्लाष्टिकले छाएको घरमा हावाहुरीले च्यात्ती दिने गरेपछि गर्मी याममा उनिहरुलाई बासस्थानको निकै समस्या भएको छ् । ‘बस्तीमा गएर मागी खाने काम बन्द भएपछि बेलबखत गाँउ बस्तीमा गएर ज्याला मजुरी गरि साँझ बिहानको गुजारा चलाउने गर्ने गरेका छौं’ बादी परिवारका अगुवा बिरमाने बादीले भने । बडवाल टोलमा ९ घरपरिवार बादीका रहेका छन् । जसमा झण्डै ३० जनाका संख्यामा बादीहरु बस्दै आएका छन् । उनिहरु यतिबेला जगबुडा नदीमा माछा मारेर जिविका चलाउदै आएका छन् । बेलबखत गाँउ घरमाज्याला मजुरी गरेर समेत उनीहरुको चुल्हो जल्ने गरेको बिरमाने बादीले बताए । तत्कालिन माओबादी द्धन्द्धकालमा भागेर भारत छिरेका उनिहरु केही महिना अघि मात्रै आफ्नो जग्गाको खोजीमा दोधारा चाँदनीको बडवाल टोलमा आएका थिए । उनिहरु केही महिना सम्म बडवाल टोलको एक सडक छेउमा टेन्ट टाँगेर आफुहरुले छाडेर गएको जग्गा पाँउ भन्दै गएको स्थानिय जनप्रतिनिधी संग माँग राख्दै आएका थिए । उनिहरुको माँगलाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिकाले उनिहरुलाई थोरै भएपनि घर बाँसको लागी जग्गाको ब्यवस्था गरेको हो । उसो त चुनावमा सबै दलका नेता तथा कार्यकर्ता भोट माग्न बादी समुदायको घर नपुगेको पनि होईनन् । आश्वासन नदिएको पनि हैनन् । तर गाँस, बास र कपासमै अल्झिएका उनिहरुलाई दलका नेताहरुले दिने आश्वासनले छोएको पाईदैन । चुनावमा दोधारा चाादनी नगरपालिकामा रहेका नेपाली काग्रेंस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओबादी, एकिकृत सामाजबादी, स्वतन्त्र लगाएत दलका नेताहरुले पालिकालाई समृद्ध तथा बिकासको मुलधारमा ल्याउछु भन्दै आएका थिए । देशमा कमजोर अर्थतन्त्रको कारण जनताको पिडा दिन प्रती–दिन बढीरहेकै छ् । त्यसैमा बादी घरपरिवारको एक छाक टार्ने समस्याले थप पिरली रहेको पाईन्छ् । गाँउ बस्तीमा ज्यालामजुरी नपाएपछि दोधारा चाँदनीको बादी परिवारको दैनिकी अझै कष्टकर बन्दै गएको छ् । दोधारा चाँदनीमा बस्दै आएका बादी घरपरिवारले सरकारले आफूहरुको बेवास्ता गर्दै आएको गुनासो गरेका छन् । गएको जनप्रतिनिधीहरुले केही बादी घरपरिवारको जग्गा फिर्ता गरेको भएपनि रेशम बादीको घरपरिवारको जग्गा अझै सम्म फिर्ता नपाएको उनिहरु बताउछन् । जग्गा नपाएपछि रेशम बादीको छिमेकीको जग्गामा त्रिपालको झुपडी बनाएर दिनचर्या बिताउदै आएको छ् । वर्षौ देखि पछौटपन र गरिबीमा बाँच्न बाध्य भएको उनीहरुको दुखेसो छ् । नाच्ने, गाउने र मादल बनाउने वर्षौ देखिको पुख्यौली पेशाबाट अब बाँच्न सक्ने अवस्था नरहेको रेशम बादीको भनाई छ् । पहिले पहिले बाउ बाजेले मादल बेचेर गित गाउदै अरुलाई मनोरञ्जन दिएर जिवन चलाएपनि अचेल आधुनिक बाजाको विकास संगै अब बादी समुदाय पुर्ख्यौली पेशाले धान्नै नसक्ने स्थितिमा पुगेको छ् । पछिल्लो समय बादी समुदायका युवाहरु रोजगारीका लागी भारतका बिभिन्न शहरमा जाने गरेका छन् । ‘गाँउ घरमा पनि काम नपाइने र जगबुडा र महाकाली नदीमा माछा मारेर खान सक्ने अवस्था छैन् । माछा पनि पाईदैन् । गाँउमा कतै काम पनि पाईदैन । केहि गर्ने वातावरण पनि छैन्, अर्को तिर हामीहरु संग पैसा पनि छैन् । त्यसैले सदियौ देखि पिछडिएका बादी समुदायको हितका लागि पनि स्थानिय सरकारले विशेष कार्यक्रम ल्याएर सहयोग गर्नु पर्थ्यो’ रेशम बादीले भने– ‘अझै मुक्तीको लागी लडाई लडदै छौं ।’ जगबुडा नदी र महाकाली नदीको किनारमा विगत लामो समय देखि नदीको माछा र नजिकै रहेको भारतिय जंगलबाट संकलन गर ल्याएको न्युरो, बनमा पाईने सागपातबाट आश्रित भएर बादी घरपरिवार बाँची रहेका छन् । लामो समय देखि आफूहरुले समस्या भोगिरहेको भए पनि कसैले पनि सुनुवाई नगरेको बादी घरपरिवारको गुनासो छ् । ‘हामीले स्थानिय सरकारलाई बारम्बार आफूहरुका पिडा सुनाउदा समेत आश्वासन बाहेक अरु केहि पाउन सकेनौ’ बादी घरपरिवार भन्छन् । हाल देशमा तिन तहका सरकार भएर पनि राज्यको मूलधारबाट टाढा रहेका दोधारा चाँदनी नगरपालिदका वडा नं. ३ का बादीहरुले पाउनुपर्ने सेवा, सुविधाबाट बन्चित गरिनु दुभार्ग्यपूर्ण भएको स्थानियहरुको भनाई रहेको छ् । त्रिपालको सहारामा जोखिम मोलेर बस्दै बादी परिवारले सुरक्षित बासस्थान सहितको पुर्नस्थापना गरि दिनका लागी सरोकारवाला पक्षलाई आग्रह समेत गरे । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य रामसिंह खड्काले बादीहरुको खाना र बस्नको निकै पिडा रहेको बताएका छन् । उनले सरकारले तत्कालै उनिहरु समस्या निराकरण गर्नु पर्ने बताए । राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका नगर अध्यक्ष किशोर आग्रीले बडवाल टोलको बादी घरपरिवारको दैनिकी निकै जरजर रहेको हुदा स्थानियहरु सरकारले चाडो भन्दा चाडो उनिहरुको दैनिकी सुधार गर्ने काम अघि बढाउन अपरिहार्य रहेको बताएका छन् ।







