दोधारा चाँदनीमा डिप्रोक्स लघुबित्तीय संस्थाद्धारा एक दिने भैसी पालन सम्बन्धी तालिम


दोधारा । दोधारा चाँदनी नगरपालिकामा डिप्रोक्स लघुबित्तिय बित्तिय संस्था शाखाद्धारा एक दिने भैसी पालन सम्बन्धी तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकामा शाखा कार्यालयकोरुपमा स्थापना भएको डिप्रोक्स लघुबित्तिय बित्तिय संस्थाले आफ्ना किसान सदस्यहरुलाई एक दिने भैसी पालन सम्बन्धी एक दिने तालिम सम्पन्न गरेको डिप्रोक्स लघुबित्तिय बित्तिय संस्था दोधारा चाँदनी शाखा कार्यालयले जनाएको छ् । तालिममा दोधारा चाँदनी नगरपालिकामा छरिएर रहेका ६० जना किसानहरुलाई एक दिने तालिम दिईएको डिप्रोक्स लघुबिक्तिय बित्तिय संस्थाका कनिष्ठ कार्यत्रम सहायक कृष्ण साँउदले जनाएका छन् । तालिममा डिप्रोक्स लघुबित्तिय बित्तिय संस्थाका शुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख अर्जुन प्रसाद पोखरेल, दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, प्रशिक्षकमा राजेन्द्र दत्त भट्ट, नन्दराज भट्ट लगाएत संस्था संग आबद्ध समुहका पदाधिकारी तथा सहभागीहरुको बाक्लो उपस्थिती रहेको थियो । तालिमको समापन गर्दै पशु प्रशिक्षकद्धयले तालिममा आफुले सिकेको कुरालाई ब्यबसायिक रुपमा प्रयोग गर्न सके सहज रुपमा जिबिकोपार्जन गर्न सकिने बताउदै तालिम लिनु ठूलो कुरा नभई तालिममा सिकेको कुरालाई ब्यबहारमा लागु गरी ब्यबसायिक बनाउछ कि, बनाउदैन भन्ने कुरा महत्व भएको बताएका छन् । यसैगरी डिप्रोक्स लघुबिक्तिय बित्तिय संस्थाका कनिष्ठ कार्यत्रम सहायक कृष्ण साँउदले लघुबित्त संस्थाबाट लिएको कर्जालाई सहीरुपमा उपयोग गर्न सके नियमित रुपमा कर्जा भुक्तानी गर्न सहज हुने बताएका छन् । उनले सहभागीहरुलाई बिना धितो कर्जा पाईयो भन्दैमा बिना योजना कनै पनि कर्जा लिन नहुने र ब्यबसायिक योजना बनाएर मात्र कर्जा लिएर सोही योजनामा लगानी गर्नु पर्ने बताउदै लघुबित्त संस्थाले उपलब्ध गराएको बिना धितो कर्जालाई कुनै साहुको ऋण तिर्ने वा फजुल खर्च गर्न नहुने बताएका छन् । भैसी पालक कृषकहरु सहभागि रहेको तालिममा सहभागिहरुको तर्फबाट एक सहभागीले तालिमको अनुभव सुनाउदै गाई भैसी पालन गर्दा आईपर्ने समस्या र घरेलु समाधान गर्ने उपायका बारेमा आफुहरुले सिक्न पाएको बताउदै लगानीको आधारमा आम्दानी बढ्ने कुरा समेत जानकारी भएकोले तालिम पछि ब्यबसायिक रुपमा लगानी बढाएर गाई भैसी पालन गर्न सहज भएको बताएका छन् ।

 


ताजा समाचार

spot_img