दोधारा चाँदनीको हात्ती पिडित भनेर चिनिने बडवाल टोलले बल्ल पायो जनप्रतिनिधी


दोधारा । बडवाल टोलले बल्ल जनप्रतिनिधी पाएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जगबुडा नदी पारी रहेको नेपाल–भारत सिमा संग जोडिएको सिमा बस्तीले बल्ल एक जनप्रतिनिधी पाएको छ् । नेपाल सरकारबाट सधै उपेक्षित रहदै आएको बडवाल टोलमा यस पटकको स्थानिय निर्वाचनमा एक वडा सदस्य पदमा लक्ष्मी राना मगर पाएर पछि स्थानियहरुमा खुशीको लहर छाएको छ् । नेपालमा प्रजातन्त्र संगै गणतन्त्र सम्म आउदा बस्तीमा जनप्रतिनिधी नपाएका बडवाल टोलमा यस पटकको स्थानिय निर्वाचनमा नेकपा एमालेको तर्फबाट बस्तीमा उम्मेदवारी पाएका लक्ष्मी रानाले ६ सय २८ मत ल्याएर बिजय भएपछि प्रजातन्त्र संगै गणतन्त्र सम्म आउदाको पहिलो जनप्रतिनिधी भएका छन् । बडवाल टोलमा २१ सय ५० घरधुरी रहेका छन् । बडवाल टोल सझै हात्तीको आतंक रहदै आएको छ् । खेतीको समयमा स्थानियहरु हात्तीको आतंकले रातभरी सुत्न पाउदैनन् । सिमा संग गाँसिएको बस्तीको कारण समय समयमा भारतियहरुले अनाहकमा दुख दिदै आएका छन् । भारतिय जंगल संग गाँसिएको बडवाल टोलमा जंगली हात्तीले बेलाबखत घर भत्काउने र स्थानियहरुमा आक्रमण गर्ने गर्दै आएको छ् । बस्तीमा सडक, सिचाई, शिक्षा लगाएत थुप्रै भौतिक तथा सामाजिक बिकासको नाउमा केही भएको देखिदैन् । यस पटकको स्थानिय निर्वाचनमा बडवाल टोलबाट स्वतन्त्र समुहबाट वडा सदस्यमा प्रेम सुनारले उम्मेदवारी दिएका थिए भने नेकपा एमालेको तर्फ देखि वडा सदस्यमा लक्ष्मी रानाले उम्मेदवारी दिएका थिए । लक्ष्मी राना २०७४ को स्थानिय निर्वाचनमा नेकपा माओबादी केन्द्रबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका थिए । उनि २०७४ को स्थानिय निर्वाचनमा वडा सदस्य पदमा हार ब्यहोर्नु परेको थियो । वडा सदस्य पदमा लक्ष्मी रानालाई पाएपछि बस्तीमा प्रमुख समस्याकोरुपमा रहेको जंगली हात्तीको आतंक लगाएत बिकासको काम तिब्र गतीमा अघि बढ्ने स्थानियहरुले बिश्वास लिएका छन् । राना कार्यपालिका सदस्य हुन् ।


ताजा समाचार

spot_img