कञ्चनपुर: निड्स नेपालले संचालन गरेको बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रर्बद्धन परियोजना अन्र्तरगत ७ सय बढि युवाहरुलाई दक्ष बनाईएको छ । बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप प्रर्बद्धन परियोजना अन्र्तरगत कञ्चनपुर, कैलाली र बझाङ्गका ७ सय २० युवाहरुलाई दक्ष बनाईएको हो ।

शनिबार उक्त परियोजा समापन कार्यक्रममा परियोजना संयोजक पुष्पा जोशीले कार्यपत्र प्रस्तुत गर्दै परियोजना संचालित भएसंगै अदक्ष युवाहरुलाई विभिन्न सीप प्रदान गरेर दक्ष बनाईएको बताईंन । अर्ध सीप नभएका युवालाई बजारको मागका आधारमा दक्ष बनाउँदै स्वरोजगार उन्मुख गराईएको बताईन ।

निड्स नेपाल कञ्चनपुरका अनुगमन तथा दस्ताबेजिकरण अधिकृत मनराज उपाध्यायले कार्यक्रम संचालित भएका जिल्लामा रोजगार सम्बाद मञ्च गठन गरिएको बताए । उनका अनुसार रोजगारदाताले बजारको मागको आधारमा थप दक्ष जनशक्ति उत्पादन र खपतका लागि रोजगारदाताले माग अघि सारेको बताए ।

पालिकाका रोजगार संयोजक, गैसस, एव रोजगारदाता र रोजगारकर्ताले उक्त कार्यक्रम निरन्तर हुनुपर्नेमा जोडदिएका छन । युवाहरुलाई दक्ष बनाई स्वदेशमै रोजगारीका कार्यक्रममा सहभागि गराउनुपर्नेमा जोडदिईएको छ । निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु भट्ट(जोशी)को अध्यक्षतामा भएको कार्यक्रममा रोजगारदाता, विभिन्न संघ संस्थाका प्रतिनिधी एव रोजगारकर्ताको सहभागिता रहेको थियो ।







