स्वतन्त्र युवाहरू राजनितीमा प्रवेश गर्नुको पछि कारण के?


धिरेन्द्र भट्ट : कुनैपनी राज्यका नागरिकहरुले उसको रास्ट्र समृद्ध र देशमा सुसासन युक्त ब्यवस्था भएको देख्न चाहन्छन्। राज्यका हरेक नागरिकहरुलाई स्वतन्त्र बातावरणमा खुलेर बाच्न पाउने अधिकार हुन्छ। हरेक उमेर समुहका ब्यक्तीहरुमा आफ्नो देश प्रती भावना र सम्मान जागृत हुनु स्वभाविक नै हो। तर नेपालमा ब्यवस्था बदलिए बनी अवस्था झन जटिल बन्दै गएको छ। जसको फलस्वरूप राजनीतिमा स्वतन्त्र युवाहरूको आगमन हुन थालेको छ। नेपालमा पछिल्लो राजनीतिक गतिविधि हेर्दा स्वतन्त्र युवाहरुको उपस्थिति बढ्दो गइरहेको छ। हालसालै सम्पन्न स्थानीय निर्वाचनलाई हेर्दा पनि स्वतन्त्र युवाहरूले आफ्नो उपस्थिति जनाएर राजनितीमा लामो समयदेखि स्थापित भएका बुढाखाढा हरुलाई अब शासन चलाउन जिम्मा हाम्रो हो भनेर पनि एक किसिमको खबरदारी गरेको देखिन्छ।
हाम्रो समाजले २०-३५ उमेरलाई भबिस्यको बारेमा चिन्तन मनन गर्ने, पढाईमा निरन्तरता दिई राम्रो जागिर खाने, वैवाहित जिवनमा बाधिने र परिवारलाई सम्हाल्ने उमेर भनेर लिइन्छ। तर अहिलेका युवापुस्ताहरु असन्तुष्टि विरुद्ध चुप लागेर बस्न चाहदैनन्। अहिलेको युग भनेको सूचना र प्रबिधिको युग हो, युवाहरूले नेताका पछिल्ला र गरिरहेका गतिविधि माथी नजर राखी रहेका हुन्छन। बेलाबेला आमनागरिकहरुमा ‘ब्यवस्था बदलियो तर अवस्था बदलिएन’ भन्ने गुनासो व्यापक बन्ने गरेको छ। बर्तमान युवा पुस्ताहरुलाई हेर्दा उनिहरुमा सत्ताधारीले जन अपेक्षित काम गर्न नसकेको असन्तुष्टि बेलाबेलामा आवाज उठिरहेको छ। चाहे त्यो सडकमा होस अथवा सामाजिक संजालमा । अहिलेका युवापुस्ताहरुमा शिक्षा र चेतनाको बिकास व्यापक हुँदै गइरहेको छ। उनिहरुमा देश र समाजप्रतिको निभाउनु पर्ने कर्तब्य महसुस भएर पनि होला राजनितीमा आउन इच्छूक बनाउनु। अथवा नेपालको पृष्ठभुमि बुझेर पनि हुनसक्छन् २ दसक भन्दा पुर्वको नेपाल र अहिलेको नेपाल अथवा समाजबिच तुलना गरेर पनि उनिहरुमा राजनितीमा आफ्नो भुमिका निर्वाह गर्ने चासो जाग्नुको कारण हुनसक्छ। स्वतन्त्र युवाहरू सासकका लागि बन्धक बनेर बस्न चाहादैनन, उनिहरुमा तिब्र रास्ट्र बिकासको चाहना हुन्छ। तर नेताहरुले दिने झुठा आश्वासन र भासणले उनिहरुलाई वाक्क दिक्क बनाएको छ।
उनिहरुलाई राजनितिमा आउन बाध्य अथवा रहर बनाउले कारणहरु भनेका वैदेशिक परनिर्भरता, युवाहरूको आवस्यकतालाई राज्यले सम्बोधन गर्न नसक्नु, व्यापार घाटा, स्वदेशमा रोजगारीका अवसर सिर्जना बातावरण न्यून मात्रामा हुनुले उनीहरुमा एक किसिमको सरकार र राजनितिक दलहरू प्रति आक्रोश पैदा गरिरहेको छ भन्दा फरक नपर्ला। उनिहरुले कतैन कतै नेपाल र नेपालीको अस्तित्व, पहिचान बुझेर स्थिर मौन बस्न चाहिरहेका छैनन। जब परिवारमा बुवाको आयस्रोत घट्न अथवा बन्द हुनपुग्छ तब घरको कान्छो सदस्य चिन्तित भएर उसमा घरको अवस्था सुधार कसरी गर्न सकिन्छ भन्ने कुराको चिन्तन बढ्न जान्छ। त्यसैगरी नेपालको पछिल्लो समयमा आर्थिक अवस्था कमजोर भइरहेको बेला नेपालको बिदेशी मुद्रा बिनिमय संचिति ठप्प छ युवावर्ग यो बाट अनविज्ञ छैनन।
काठमाडौ महानगरपालिकामा जित नजिक पुगि रहेका ३१ बर्षिय बालेन्द्र साह, पर्सामा वडा अध्यक्ष जितेका २१ बर्षिय बसिस्ठ गुप्ता, मोरङका वडा अध्यक्षमा बिजयी २४ बर्षिय बलबहादुर श्रेष्ठ र डडेल्धुराको पर्सुराम नगरपालिकामा निर्वाचित २९ बर्षिय भरत जोशी यी युवाहरू त सामाजिक संजाल चर्चामा आएका उदाहरणमात्र हुन। देशका कुना कब्जामा खोतल्ने हो भने कयौ स्वतन्त्र युवाहरुको आवाज अवको राजनिती कार्यभार युवापुस्ताले सम्हाल्नुपर्छ भन्ने आवाज सुन्न मा आउँछ। ठुल्ठुला एजेन्डा हरु नबोकी नागरिकका आधारभुत आवस्यकतालाई सहज बनाउने उद्देश्यले अहिलेका स्वतन्त्र युवापुस्ता राजनितिमा होमिन चहान्छन। अबको राजनितिक बाटो भनेको युवाहरुले तय गर्नुपर्ने छ र उनीहरुको यो कुरा महसुस पनि गरिरहेका छन। किनभने युवा भनेका देशका मेरुदण्ड हुन, जसरी मेरुदण्ड बिना मानव शरीर असम्भव छ त्यसरी नै युवाहरूको साथ र योगदान बिना रास्ट्र सम्पन्न हुनपनी उत्तिकै कठिन छ।

ताजा समाचार

spot_img