दोधारा चाँदनीका मेयर लिम्बुले सम्हाले कार्यभार, घर दैलोमै भत्ता पुगाउने पहिलो निर्णय


दोधारा । दोधारा चाँदनी नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुले निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाण पत्र पाए संग सफत ग्रहण गरेका छन् । पालिकाका प्रमुख किशोर कुमार लिम्बुले जिल्ला न्यायधिशबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे संगै नगरउपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुलाई नगर प्रमुख लिम्बुबाट दोधारा चाँदनी नगरपालिका कार्यालयमा सफत ग्रहण गरेका छन् । नगरउपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुलाई आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुबाट सफत ग्रहण गरेका हुन् । सफत ग्रहण लगत्तै दोधारा चाँदनी नगरपालिका नगरकार्यपालिकाको बैठकले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बृद्ध बृद्धाहरु गर्मी याममा बिभिन्न समस्या खेप्दै बैंकहरुमा लामबद्ध भएर सामाजिक सुरक्षा भक्ता लिने कार्यलाई सुबिद्यायुत्त बनाउन घरघरमा पुर्याउने चुनावी एजेण्डा अनुरुप सामाजिक सुरक्षा भत्तालाई घरघरमा पुर्याउन पहल थालेको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले आफु र सबैको साँझा एजेण्डा सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने रहेको कारण सामाजिक सुरक्षा भत्तालाई घरघरमा पुर्याउने ब्यवस्था गर्न सरोकारवाला बैंकहरुलाई निर्देशन दिईएको बताएका छन् । सामाजिक सुरक्षा भत्ता अन्य पालिकाहरुमा घरघरमा पुर्याएर बृद्ध बृद्धाहरुलाई बैंकमा लामबद्ध भएर टन्टापुरी गर्मीमा पिडा दिने काम भईरहेको ठहर गर्दै आजको दोधारा चाँदनी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने कार्यलाई अघि बढाएका छन् ।

 


ताजा समाचार

spot_img