दोधारा चाँदनीलाई समृद्ध नगर बनाउछु : नगर प्रमुख लिम्बु


दोधारा । दोधारा चाँदनी नगरपालिका प्रमुखको जिम्मेवारी सम्हाल्दै नवनिर्वाचित नगर प्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनीलाई समृद्ध नगरी बनाउने बताए । उनी भन्छन्, ‘सम्भावना र चुनौतीका बिचमा नगरको महत्वपूर्ण जिम्मेवारी सम्हालेको छु । जनतालाई साक्षी राख्दै काम गर्नेछु । भष्ट्राचारमुक्त नगरका लागि जनता प्रश्नको उत्तर खोजी रहेका छन् । आवश्यकता र औचित्यताका आधारमा समानुपातिक विकास गर्नेछु ।’ अरु नगरपालिकाको दाँजो दोधारा चाँदनी नगरपालिका सानो नगरपालिका भएको हुदा छाटो समयमा यस क्षेत्रको बिकास गर्न सकिने नगर प्रमुख किशोर कुमार लिम्बुले बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा भौतिक तथा सामाजिक अझै धेरै गर्नु पर्ने भएको हुदा उक्त कार्यमा सबै निर्वाचित जनप्रतिनिधीहरुले आफुलाई सघाउने कुरामा ढुक्क भएको बताए । उनले दोधारा चाँदनी नगरपालिकाको सम्भावनालाई विकासको एजेण्डाका रुपमा लैजाने बताए । उनी भन्छन्, ‘योजनाबद्ध विकास गर्दै नगरका आधारभूत भौतिक पूर्वाधार संगै सुशासनयुक्त, पारदर्शी नगर बनाउने छु । जनताको मतलाई कदर गर्दै आशालाई विकासमा परिवर्तन गर्नेछु ।’ उनले दोधारा चाँदनी नगरपालिकालाई व्यवस्थित जनतालाई विश्वस्त पार्ने गरि काम गर्ने बताए । सपथपछि सम्बोधन गर्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वच्छ निर्वाचन सम्पन्न भएकोमा बसबैलाई धन्याबाद दिएका छन् । ‘अब रात दिन विकासको रेखा कोर्न जरुरी छ् हामी जनप्रतिनिधीलाई, जनताले धेरै आशा गरेका छन् । आशालाई निराश बनाउनु हुन्न् । गहन जिम्मेवारी बोधपूर्ण काम हुने आशामा हामी छौं,’ नगर प्रमुख किशोर कुमार लिम्बुले सफत ग्रहण कार्यमा भने । जनप्रतिनिधीलाई निश्चित विचार र सिद्धान्त भन्दा जनता केन्द्रीत भएर काम गर्न सबैलाई नगर प्रमुख लिम्बुले आग्रह गरेका छन् । नगर प्रमुख लिम्बुले पदभार ग्रहण संगै दोधारा चाँदनी नगरपालिकामा बितरण हुदै आएको सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्‍याउने निर्णय गरेका छन् । पालिकाका प्रमुखहरुले निर्वाचित भएको सात दिन भित्र जिल्ला न्यायधिशबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ् । पालिकाका उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरुले सम्बन्धित पालिका प्रमुखबाट शपथ लिनुपर्ने कानुनी व्यवस्था रहेको छ् । पालिका प्रमुखहरुले शपथ लिएकाले अब अन्य जनप्रतिनिधिहरुले पालिका प्रमुखबाट शपथ लिनेछन् । वैशाख ३० गते सम्पन्न पालिका चुनावबाट जिल्लाका १० ओटै स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरु चयन भएका छन् । शपथ लिएसंगै अब पालिका प्रमुखहरुले पद्भार ग्रहण गर्ने बाटो समेत खुलेको छ् ।


ताजा समाचार

spot_img