दोधारा । दोधारा चाँदनी नगरपालिकामा स्थानिय निर्वाचन– २०७९ सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकामा एमाले २०, काग्रेंस– २२, राप्रपा– ९, माओबादी– १ सिट प्राप्त गरेको छ् । नेकपा एमालले मेयर र नेपाली काग्रेंसले नगरउपप्रमुख पदमा बिजय भएका छन् । आज नवनिर्वाचित सबै जनप्रतिनिधीहरुलाई आज दोधारा चाँदनी नगरपालिकाको कार्यालयमा सम्पन्न एक कार्यक्रमको बिच प्रमाण पत्र बितरण गरिएको दोधारा चाँदनी स्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ् । मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा जोशी सहित दशै वडाका उपस्थित सबै जनप्रतिनिधीहरुलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पत्र सहित दोसल्ला ओढाएको थियो ।








