महाकाली झोलुङ्गे पुल मर्मतमा चरम लापरवाही, यात्रा गर्न सकस


दोधारा । दोधारा चाँदनी जोड्ने महाकाली नदी माथि निर्मित दोधारा झोलुङ्गे पुलको विभिन्न ठाँउमा भ्वाङ परेको छ । भ्वाङले गर्दा यात्रुहरुलाई दैनिक आवत जावतमा समस्या भएको छ् । पुलको छेउ र बिच भागमा गरी १६/१७ स्थाानमा मोटरसाईकलका प्रांग्रा अड्कीने भ्वाङ परेका छन् । जसले गर्दा यात्रामा चरम जोखिम बढेको हो । पुलको समयमा नै मर्मत सम्भार नभएमा ति भ्वाङहरुले दुर्घट्ना निम्तिन सक्ने सम्भावना बढ्दै गएको छ् । भ्वाङ परेकै स्थान नजिक क्रसिङ गर्नुपर्दा यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ् । पुलमा अप्रिय अटना हुनु भन्दा अगाडीनै सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ् ।


ताजा समाचार

spot_img