नेपालकै कान्छा वडा सदस्य दोधारा चाँदनी– ५ का राप्रपाका मनोज भण्डारी


दोधारा । देशै भरि स्थानिय तह निर्वाचनको मतगणना हुदै गर्दा दोधारा चाँदनी– ५ का मनोज भण्डारी नेपालकै कान्छा वडा सदस्य मध्य एक बनेका छ्न् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको पुरै प्यानलले बिजय भए संगै राप्रपाका वडा सदस्यमा उम्मेदवारी दिएका वर्ष २२ का मनोज भण्डारीले समेत बिजय हासिल गर्न सफल भएका छन् । उनले ४ सय ६२ मत लिएर बिजय भएका हुन् । खुला तर्फ दोस्रोमा लडेका भण्डारी काग्रेंसका आफ्ना प्रतिद्धन्द्धीलाई ८८ मत पछाडी छाड्दै उनले बिजय हासिल गरेका छन् । १७ सय ३१ मतदाता रहेको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ मा १२ सय ३४ मतदाता रहेको र कुल मत १२ २७ मत सदर भएको थियो । राप्रपाले वडाध्यक्षमा केशव खत्री, सदस्यहरुमा दिनेश लामिछाने, सिता बिष्ट, पार्वती सुनार र मनोज भण्डारीलाई उम्मेदवार बनाएको थियो । यस्तै बझाङ जिल्ला बुङ्गल नगरपालिका–९ वडा बाट गठबन्धनका (नेपाली कांग्रेंस) तर्फबाट २३ वर्षिय हरिस सिंह वडाध्यक्ष भएका छन् । हरिस सिंह भर्खरै मात्र बिजय भए संगै सिंह नेपालमै अहिले सम्मकै कान्छा वडा अध्यक्ष बनेका हुन् । देशभरमा साना तथा ठुला पार्टीले हुनत २२ देखि ३० वर्ष उमेरका स्वतन्त्र र विभिन्न साना राजनितिक दलबाट पालिका बिभिन्न पदमा उम्मेदवारी दिने प्रसस्त छन् । तर देशभरमा सबै भन्दा बढी उम्मेदवारी दिने प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार मध्ये सम्भवत ः (अहिले सम्मको मतगणना लाई हेर्दा) दोधारा चाँदनी– ५ का मनोज भण्डारी वडा सदस्यमा र बझाङ जिल्ला बुङ्गल नगरपालिका–९ का हरिश सिंह नेपालकै कान्छा अध्यक्ष बनेका हुन् । कान्छा वडा अध्यक्ष सिंह आफ्ना प्रत्यासी संग ६८४ मत प्राप्त गरेर नेपालकै कान्छा वडा अध्यक्ष बनेका हुन । अहिले सम्मको मतगणनालाई हेर्ने हो भने वडा अध्यक्षमा सिंह र वडा सदस्यमा भन्डारी बिजय भए संगै नेपालकै कान्छा जनप्रतिनिधी बन्न पुगेका हुन् ।


ताजा समाचार

spot_img