दोधारा चाँदनीमा नेकपा एमालेको एतिहासिक बिजय : मेयरमा किशोर लिम्बु


दोधारा । दोधारा चाँदनी नगरपालिका प्रमुखमा नेकपा एमालेका किशोर कुमार लिम्बु निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार गोपाल दत्त भट्टलाई फराकिलो मत अन्तरले पराजित गरी लिम्बु मेयर भएका छन् । लिम्बुले भट्टलाई ९३३ मतको अन्तरले हराएका छन् । लिम्बुले ७ हजार १०४ र भट्टले ६ हजार १७१ मत ल्याएका थिए । यस्तै गरी उप प्रमुखमा भने कांग्रेसकी गंगा जोशी निर्वाचित भएकी छिन् । जोशीले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेकी खिमा चन्दलाई ५४३ मतको अन्तरले हराउदै उप प्रमुखमा निर्वाचित भएकी छिन । जोशीले ६ हजार ३६५ र चन्दले ५ हजार ८२२ मत ल्याएकी थिईन् । अघिल्लो निर्वाचनमा मेयर सहित बहुमत वडा जितेको कांग्रेस यस पटक उपमेयर र एक वडामा मात्रै खुम्चिएको छ् । कांग्रेसले उपमेयर र वडा नं. १० मात्रै जितेको छ् । दोधारा चाँदनीमा माओवादी वडा नं ४, राप्रपा १, ५ तथा एमालेले ६ वडा जितेको छ् । यस अघि एमालेले उपमेयर सहित ४ वडा मात्रै जितेको थियो । दोधारा चाँदनीलाई कांग्रेस नेता रमेश लेखकले प्राथमिकता दिएर चुनाव प्रचारमा सक्रिय भएका थिए । चुनावका प्रचारका लागि लेखक केही दिन दोधारा चाँदनीका बिभिन्न स्थानमा कार्यक्रम गरेका थिए । एमालेबाट निर्वाचित लिम्बु निवर्तमान नगर कमिटीका अध्यक्ष हुन् । नगर अध्यक्ष हुन नसकेपछि लिम्बुले केही समय दोधारा चाँदनीमा आफनै अध्यक्षतामा समानान्तर कमिटी गठन गरेका थिए । त्यसपछि आर्ठौं जिल्ला अधिवेशनमा सदस्य हारे पछि उनलाई मनोनित गरिएको थियो । स्थानीय तह निर्वाचन घोषणा भएपछि उनलाई उम्मेदवार बनाउने आश्वासन दिएर सक्रिय बनाइएको बताईन्छ् । समानान्तर कमिटी भंग गरी पार्टीमा सक्रिय भएका लिम्बुले मेयर पदको उम्मेदवारी पाएपछि चुनावी मैदानमा होमिएका हुन् । दोधारा चाँदनीमा लिम्बुले टिकट पाएपछि एमालेलाई ऐतिहासिक जित दिलाएका छन् । एमाले २०४९ देखि पहिलो पटक मेयरमा आएको छ् । २०७४ अघिसम्म एमाले साविक दोधारा चाँदनी गाविसमा पराजय भोग्दै आएको थियो । दोधारा चाँदनीमा कांग्रेस र राप्रपा २०७४ अघि सम्म बलिया राजनीतिक शक्तिका रुपमा हेरिने गरेका थिए ।


ताजा समाचार

spot_img