दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. २ को वडाध्यक्षमा रावल बिजय भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार पदम रावल वडाध्यक्ष पदमा बिजय भएका हुन् । उनले ६३१ मत पाएका थिए । उनका प्रतिद्धन्द्धी नेपाली काग्रेंसका उम्मेदवारले ५४० मत पाएका थिए । वडा सदस्यहरुमा भने नेपाली काग्रेंसको उम्मेदवार बिजय भएका छन् ।







