कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा नेपाली काँग्रेसले जितेको छ । गाँउपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा काँग्रेसका उम्मेदवारले जितेको छ ।
गाँउ प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार हरिचन्द्र रानाले एमाले उम्मेदवार अक्कल बहादुर विष्टलाई १ हजार ८०६ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । रानाले ४ हजार २०१ र विष्टले २ हजार ३०१ मत ल्याएका थिए ।

बेलडाँडी गाँउ प्रमुखमा निर्वाचित भएका राना नेपाली काँग्रेस कञ्चनपुरको उपसभापति हुन । पुर्व शिक्षक समेत रहेका राना गत ०७८ मा काँग्रेस १४ औँ महाधिवेशनबाट जिल्ला पाटी सभापति निर्वाचित भए र यस बर्ष ०७९मा गाँउ अध्यक्षमा निर्वाचित भएका हुन । रानालाई पाटी र सरकार दुवैतर्फ फलिफाप भएको छ । यस्तै उपाध्यक्षमा काँग्रेसकै शान्ति नाथ निर्वाचित भएकी छिन । नाथले एमाले उम्मेदवार फुलकुमारी रानालाई ४ सय ४७ मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भईन ।

नाथले ३ हजार ६७३ र रानाले ३ हजार २२६ मत ल्याएका छन । गाँउपालिका उपाध्यक्षमा निर्वाचित नाथ काँग्रेस महिला नेतृ हुन । काँग्रेसले अघि सारे ०७४ मा गुमाएको पालिका यस पटक ल्याएको छ । काँग्रेसले १, २, ३ र ५, एमालेले ४ वडा जितेको छ । अघि अघि काँग्रेसले १ वडा जित्दा एमाले चार वडा र अहिले एमाले एक वडा जित्दा काँग्रेस ४ वडा सहित पालिका नेतृत्वमा पुगेको छ ।